Wednesday, May 24, 2017  |    

पर्यटक सवारीको अस्तीत्व मेटेर पर्यटन क्षेत्रमा कस्तो सुधार ल्याउन खोज्नुभएको मन्त्रीज्यू ?

प्रकाशित मिति: 2016/09/23

असोज ७, काठमाण्डौ । पर्यटन व्यावसायीहरुले पर्यटक सवारी हरीयो प्लेटको अस्तीत्व मेट्ने कोशिस भएको प्रति भौतिक योजना तथा यातायात व्यावस्था मन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन ।
हिजो बिहिबार नेपाल पर्यटन व्यावसायी संघ(निट) को नेतृत्वमा गएको पर्यटन व्यावसायीहरुको टोलीले यातायात व्यावस्था ऐन २०४९ संसोधनका लागि यातायात व्यावस्था बिभागले मन्त्रालयमा पठाएको र मन्त्रालयले पर्यटक सवारीको अस्तीत्व मेटाएर सार्वजनिक सवारी सरह संसोधनको प्रयास भएको भन्दै आपत्ति जनाउँदै त्यसो नगर्न चेतावनी समेत दिएका छन ।
२५ अरबको लगानी भएको पर्यटन सवारी व्यावसाय र २५ देखि ३० हजारको संख्यामा प्रत्यक्ष रोजगारी दिएको पर्यटन सवारीले यसअघि पर्यटकमा पाएको बिश्वास र सुरक्षाको भावनालाई मेट्ने कोशिस हुनुका साथै बन्द हड्तालमा निर्वाध सञ्चालन हुन पाउने हरीयो प्लेटमाथी हस्तक्षेप गरेर मन्त्रालयले पर्यटन क्षेत्रमा कस्तो सुधार र प्रोत्साहन गर्न खोजेको हो भनि व्यावसायीहरुले प्रश्न गरेका थिए ।
यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पर्यटक सवारीले पर्यटकहरुलाई दुःख दिएको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यो सरकारले नै संरक्षण गरेका ट्रेड युनियन सम्बद्ध व्यावसायीहरु रहेको भन्दै उनीहरुको नाममा आम व्यावसायीलाई प्रताडित नगर्न चेतावनी समेत दिएका थिए ।
जवाफमा मन्त्री लेखकले तपाईहरु नामका लागि आएको की कामका लागि भनि प्रश्न गरेका थिए ।
प्रतिउत्तरमा व्यावसायीहरुले आफुहरु पर्यटक सवारीको अस्तित्व रहीरहनुपर्ने माग लिएर आएको भन्दै पर्यटन क्षेत्र प्राप्त उपलब्धीलाई मेटाएर होईन तिनीहरुको संरक्षण गर्दै अन्य थप योजनाले मात्रै समृद्ध हुने धारणा र मागका साथ आएको बताएका थिए ।
मन्त्री लेखकले व्यावसायीको मागमा आफु गम्भिर भएको भन्दै पर्यटन मन्त्रालयसँग समेत समन्वय गरी व्यावसायीको हित हुने गरी कदम चाल्ने बताएको नेपाल पर्यटन व्यावसायी संघ(निट)का अध्यक्ष दिपक महतले गन्तव्य नेपाललाई बताए ।

 

तपाईंको बिचार