Sunday, March 26, 2017  |    

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भिटोफ नेपाल कास्की शाखा तनहुमा

प्रकाशित मिति: 2016/09/24

काठमाडौं, ८ असोज । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)नेपाल कास्कीले तनहु जिल्लाको दुइ वटा होमस्टेको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । तनहु क्यामीन–३ मा रहेको पाथ्राघाट होमस्टे र व्यास नगरपालिका ५ मा रहेको दुम्सी होमस्टेमा अध्ययन अवलोकन भ्रमण गरेको हो । 

तनहु सदरमुकाम दमौलीबाट १० किलोमिटरको दुरीमा पर्ने पाथ्राघाट हामेस्टेमा गुरुङ बस्ती १० घर रहेको छ । मादीको तिरमा रहेको उक्त गाउको विशेषता मादीमा रहेका विभिन्न परिकारका माछाको स्वादको परिकार लिनु हो । कुमाल, दरै बोटे, बाहुन क्षेत्री सबैको बस्ती रहेको उक्त स्थानमा बारीपारि गर्न नेपालकै लामो टावरवाला पुल समेत रहेको छ । 

भने नजिकैको जंलगमा जंगली जनावरको समेत सहजै अवलोकन गर्न सकिने छ । नेपालमै लोप हुन लागेको पाउँदुरे नाच यहाँको अर्को विशेषता हो । उक्त नाचको जगर्नेना गर्न लागेका छन् । त्यस्तै दुलही पानीमा रहेको कुण्ड यहाँको पौराणिक विशेषताले भरिएको छ । ऐतिहासिक, पौराणीक उक्त थलोमा अन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने (भिटोफ)नेपाल कास्कीले जनाएको छ । 

 

तपाईंको बिचार