Sunday, May 28, 2017  |    

नाट्टाद्वारा साइकल र्याली र पाटन क्लिन क्याम्पियन संचालन

प्रकाशित मिति: 2016/09/24

काठमाडौं, ८ असोज ।  विश्व पर्यटन दिवसको अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले आज साइकल र्याली तथा पाटन क्लिनीङ क्याम्पियन संचालन गरेको छ । र्यालीको नाट्टाका कार्यवाहक अध्यक्ष सिएन पाण्डे, पूर्वअध्यक्ष अजुर्न शर्मा, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र कतार एयरवेजका नेपाल स्थित कन्ट्रि म्यानेजरले संयूक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

 नाट्टा कार्यालय नक्सालबाट सुरु भएको साइकल र्याली पाटन पुगि पाटन स्थित कृष्ण मन्दिर परिसरको सरसफाई गरि पुन : नाट्टाको कार्यालयमै आएर समापन भएको थियो ।

र्यालीमा सहभागिहरुले सहर सफा राखौ, प्रदूषण नियन्त्रण गरौ, पर्यटकलाई सहयोग गरौ जस्ता नारा लेखिएका प्लेकार्ड बोेकेका थिए । कतार एयरवेजसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा १२० भन्दा बढि पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

नाट्टाले विश्व पर्यटन दिवसको अवसर पारेर भोली रक्तदान कार्यक्रम आयोजना गरेको पनि नाट्टाका कार्यवाहक अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार