Sunday, August 20, 2017  |    

टान पोखराको अध्यक्षमा दिपक अधिकारी निर्विरोध (मत सहित)

प्रकाशित मिति: 2016/09/25

असोज ९, पोखरा ।  ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको अध्यक्ष दिपक अधिकारी चयन भएका छन ।
टान पोखराको १४ औ अधिवेशन तथा २३ औ साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष अधिकारी र कोषाध्यक्ष दिवश लामिछाने निर्विरोध निर्वाचीत भएका हुन ।
समितिको प्रथम उपाध्यक्षमा हरी भुजेल, द्धितिय उपाध्यक्षमा विश्व अधिकारी सचिबमा सुशिल पौडेल, सहसचिबमा धर्म पन्थी बिजयी भए । त्यसै गरी सदस्यमा रामचन्द्र अधिकारी ८५, किसन कुमारी गुरुङ ८४, मिलन तिवारी ८३, बल बहादुर नेपाली ७६, उदय सुबेदी ७५, विश्व हुवाङ्ग राई ७२ ले मत प्राप्त गर्दै विजयी भए ।

सचिब पदमा सुशिल पौडेल ५० र जिवन सापकोटाले ४२ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा हरी भुजेल ५४ र विनय आर्चाय ३७ मत प्राप्त गरे । त्यसै गरि द्धितिय उपाध्यक्षमा विश्व अधिकारी ५५ र इन्द्रमान चौहान ३६ मत प्राप्त गरे भने सहसचिबमा धर्म पन्थी ५२ र सुरेश लम्साल ३९ मत प्राप्त गरेका छन ।  

 

तपाईंको बिचार