Sunday, March 26, 2017  |    

ठमेलमा ढलले बितण्डा मच्चाएपछि .......

प्रकाशित मिति: 2016/09/27

असोज ११, काठमाण्डौ । ठमेलस्थीत सातघुम्ती क्षेत्रमा गत आईतबार देखि फुटेको ढलको पाईप अझै मर्मत नगरिएको भन्दै स्थानियहरु आक्रोशित भएका छन ।
देशको पर्यटनको केन्द्रबिन्दु ठमेल क्षेत्रमा नै भईरहेको यस्तो लापरबाहीप्रति जिम्मेवार निकायहरु मौन बसेको भन्दै स्थानिय व्यावसायी तथा सर्वसाधारण चिन्तीत बनेका छन ।
फुटेको ढल मर्मत गर्न काठमाण्डौ महानगरपालिकालाई बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेको प्रति आक्रोसित स्थानिय व्यावसायीहरु समस्या समाधानमा ठमेल पर्यटन बिकास परिषद् समेत मुखदर्शक बनेको भन्दै गुनासो गरे ।
ठमेल बिकासको ठुलाठुला कुरा गर्ने तर आज पर्यटन दिवसकै दिन बाटोमा उब्जेको ढलको बितण्डालाई समाधानतिर नलागी प्रचारमुखी प्रबृत्ति मात्रै हावी भएकोप्रति होलिलजका प्रबन्ध निर्देशक मधुकर बस्नेतले आपत्ति प्रकट गरे ।
उनले भने– ‘ ठमेलका साना समस्या पनि समाधान गर्न नसक्ने र आज पर्यटन दिबसकै दिन बाटो नर्कमा परिणत भएको, घुम्न आएका पर्यटकले नाक छोप्दै बाटो काट्नकै लागि रिक्सा चढ्नुपर्ने स्थीतिले पर्यटन दिबसको हल्लाले के सन्देस दिन खोजेको भनि प्रश्न गरे ।
उनले आफुहरुले ठमेलको बिकासमा यसअघि पनि घच्घच्याउने गरेको भएपनि सम्बन्धीत पक्षको चासो नगएको भन्दै व्यावसायीहरुकै अग्रसरतामा ढल समस्या समाधानमा तत्काल आफ्नोतर्फबाट प्रयास जारी राख्ने पनि गन्तव्य नेपालाई बताए ।

 

तपाईंको बिचार