Thursday, June 29, 2017  |    

धादिङ दुर्घटनामा ट्रेकिङ गाईड सापकोटाको निधन, गन्तब्य नेपालद्धारा गहिरो दुःख व्यक्त

प्रकाशित मिति: 2016/09/27

असोज ११, काठमाडौं । धादिङ जिल्लाको मार्पाकमा भएको सडक दुर्घटनामा परि ट्रेकिङ गाइड रामचन्द्र सापकोटाको निधन भएको छ ।
दार्खा – ९, धादिङ वेशी स्थायी निवासी ४१ बर्षिय सापकोटाको आज बिहान साँढे ११ बजे भएको बस दुर्घटनामा दुखद निधन भएको हो ।
अर्थबाउन्ड ट्रेक्स एण्ड एक्सपिडिसनबाट ट्रेकिङ व्यावसायमा संलग्न सापकोटा आमाको उपचार गरि घर फर्कने क्रममा थिए । उनीसँगै दुर्घटनामा परेकी आमा भने सिकिस्त रहेकी छन् । सिकिस्त रहेकी आमालाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ ।
अर्थबाउन्ड ट्रेक्स एण्ड एक्सपिडिशनका प्रबन्ध निर्देशक राजन सिंखडाले एक्कासी दुर्घटनाको खबर आएकाले आफु स्तब्ध भएको बताए । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । जसमा पुरष १३ र महिला ४ जना रहेका छन । घाईतेहरुमध्ये केही गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैबिच गन्तव्य नेपाल गु्रपले सापकोटाको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।
गन्तब्य नेपालका अध्यक्ष शिव अधिकारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै सापकोटाको निधनले पर्यटन क्षेत्रमा अपुरणिय क्षति पुगेको भन्दै पर्यटन क्षेत्रले एक होनाहार युवा, कुशल व्याक्तित्व गुमाएको बिज्ञप्तीमा जारी गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, ‘ शोक सन्तप्त सम्पुर्ण सापकोटा परिवारप्रति परेको अकल्पनीय दुखलाई धैर्यधारण गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन भनि समबेदना प्रकट गरेको छ । साथै शिकिस्त अवस्थामा रहनुभएकी सापकोटाको आमाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

 

 

तपाईंको बिचार