Thursday, March 30, 2017  |    

नाट्टा पश्चिमाञ्चलद्धारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2016/09/28

असोज १२, पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) पश्चिमाञ्चलले ३७ औ बिश्व पर्यटन दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसञ्चार केन्द्र पोखराको सहयोगमा सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रम बिशुद्ध रुपमा पर्यटन क्षेत्रको बिकासमा समर्पित रहेको नाट्टा पश्चिमाञ्चल महासचिव सुवास भण्डारीले गन्तव्य नेपाललाई बताए ।
नाट्टाको इतिहासमै पहिलोपल्ट आयोजना गरिएको रक्तदान कार्यक्रम आगामी बर्षहरुमा बार्षिक क्यालेण्डरकै रुपमा बिकास गरिने बताए ।

 

तपाईंको बिचार