Tuesday, November 21, 2017

सिमरा, भैरहवा र पोखरामा नेपाल बायुसेवा निगमको दशै लक्षित उडान सुरु

प्रकाशित मिति: 2016/09/29

असोज १३, काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंलाई लक्षित गर्दै असोज १२ गतेदेखि सिमरा, भैरहवा र पोखरामा उडान सुरु गरेको छ ।
दशैंमा यात्रुको चाप हुन्छ भनेर त्यसको व्यवस्थापनका लागि उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रामहरि शर्माले बताए ।
सिमरा, भैरहवा र पोखरामा दैनिक एक उडान भर्ने उनले बताए । पोखराको २५ सय ५०, सिमराको २२ सय २५ र भैरहवाको ३ हजार २५ रुपैयाँ भाडा तोकिएको निगमले जनाएको छ ।
निगमले सिमरामा ५ वर्षपछि उडान भर्न लागेको हो । पोखरा र भैरहवामा भने जहाज विग्रिएका कारण केही महिनायता उडान रोकिएको थियो ।  निगमले ४ वटा जहाजमार्फत आन्तरिक उडान र ३ वटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

 
 

 

तपाईंको बिचार