Friday, October 20, 2017

टुरगाईड लाईसेन्स चेकिङमा तिब्रता, ४ दर्जन समातिए

प्रकाशित मिति: 2016/09/30

असोज १४, काठमाण्डौ । पर्यटकीय सिजनसँगै पर्यटकीय स्थलहरुमा अबैधानिक गाईडिङ गर्ने कार्य बढ्दै गईरहेकोले पर्यटक प्रहरीले टुरगाईड लाईसेन्स चेकिङलाई तिब्रता दिएको छ ।

टूर्गानको संयोजन र पर्यटक प्रहरीको अग्रशरतामा भएको लाईसेन्स चेकिङमा भण्डै चार दर्जन लाईसेन्स नभएका अबैधानिक गाईड भेटिएको पर्यटक प्रहरी कार्यलय भृकुटीमण्डपले जनाएको छ ।
यही आश्वीन १२ गतेदेखि सुरु गरिएको गाईडहरुको लाईसेन्स चेकिङ अन्र्तगत स्वयंम्भुबाट ७ जना, बसन्तपुरबाट ८ जना, पाटनबाट ९ जना, पशुपतिबाट ११ जना, बौद्धबाट १० जना भेटिएका छन ।
  
पर्यटक प्रहरी निरीक्षक तुलसा खतिवडाले गन्तव्य नेपाल न्यूजसँग संक्षिप्त कुरा गर्दै पहिलो चोटी समातिएका अबैधानिक गाईडहरुलाई केही समय नियन्त्रणमा लिई चेतावनीस्वरुप छाडिएको बताउँदै  उनीहरुको डाटा  अनुसन्धानका लागि प्रहरीसँग रहेको बताउनुभयो ।
 खतिवडाले चेकिङ कार्यलाई निरन्तरता दिने बताउँदै यसअघि अनुगमनमा परेका गाईडहरुलाई आगामी दिनमा पुनः भेटिए कडा कारबाही गरिने उहाँले बताउनुभयो ।
एक अर्को प्रशंगमा, पर्यटक प्रहरी प्रमुख खतिवडाले सम्पुर्ण ट्राभल ट्रेडका व्यावसायीहरुलाई लाईसेन्स नभएका अबैधानिक गाईडहरुलाई पथप्रर्दशन कार्यमा नलगाउन  आग्रह समेत गर्नुभएको छ ।
टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)का महासचिब हेमबिक्रम शाहिले पर्यटन क्षेत्रमा गुणस्तरीयता र बिश्वसनियता कायम राख्न अबैधानिक गाईडहरुमाथी निरन्तर अनुगमन गरिरहेको भन्दै यो अभियानलाई जारी राख्ने बताउनुभयो ।

तपाईंको बिचार