Friday, October 20, 2017

ठमेल परिषद् बिबाद अन्त्य गर्न जिल्ला प्रशासनको तदारुकता

प्रकाशित मिति: 2016/09/30

असोज १४, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषदको केही समयदेखि चलिरहेको बिबादको लागि असोज १४ गते जिल्ला प्रशासन कार्यलय बबरमहलले बिबादित दुबै समुहलाई आफ्नै ईजालासमा बोलाई बिबाद समाधानका लागि छलफल गरेको छ ।

परिषद्का अध्यक्ष रामशरण थपलियाले आफ्नो कार्यकाल अझै ६ महिना रहेकाले आफु नै आधिकारीक अध्यक्ष भएको अडान राखे भने परिषद्का उपाध्यक्ष समिर गुरुङले आफुलाई साधारणसभाले कार्यबहाक अध्यक्षको जिम्मेवारी सुम्पीसकेकाले आफु नै अध्यक्ष भएको दाबी गरे ।

दुबै पक्ष मिल्न नसकेपछि सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले न्यूनतम समझदारीका बिच सहमति गरेर आउन दुबै पक्षलाई आग्रह गरे ।

यही असोज ३ गते साधारणसभा स्थगित र बिधान संसोधनको बिषयलाई लिएर परिषदको बिबाद उत्कर्षमा पुगीरहेका बेला आज जिल्ला प्रशासन कार्यलयले दुबै पक्षलाई बोलाएर बिबाद समाधानको प्रयास थालेको हो ।

 

 

तपाईंको बिचार