Monday, November 20, 2017

पर्यटक गाडीको हरिया प्लेट हटाउने तयारी, मस्यौदा बन्दै

प्रकाशित मिति: 2016/10/04

असोज १८, काठमाडौ । यातायात मन्त्रालयले पर्यटक गाडीमा हरियो प्लेट हटाउने तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरेर सबैलाई डिजिटल एम्बुज प्लेट सिस्टममा लैजाने भएको हो ।

सरकारले गाडीलाई सरकारी, सार्वजनिक, निजी र कूटनीतिक पद्धतिमा वर्गीकरण गर्ने तयारी गरेको यातायात मन्त्री रमेश लेखकले बताए । छिट्टै संसद्मा छलफलका लागि लैजाँदै छौं ।’ चालकलाई पनि स्मार्ट कार्ड स्टिमबाट लाइसेन्स दिइने भएको छ । नाफामूलक सबै गाडीको नम्बर प्लेट एउटै हुने उनले बताए । पर्यटक गाडीको पहिचान स्पष्ट देखिने हुनेछ । अहिले पाएको अधिकार र सेवा सुविधा यथावत नै हुन्छ । दसवर्षे द्वन्द्वको बेला पनि पर्यटकीय गाडीले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको भन्दै उनले प्रशांसा गरे ।

‘ऐनमा आन्तरिक पनि पर्यटक हुन् भन्ने हुन्छ,’ उनले भने, ‘पर्यटक गाडीले आन्तरिक र विदेशी दुवै पर्यटक बोक्न पाउने अधिकारसहितको हुन्छ । तर, कस्तोलाई आन्तरिक पर्यटक भन्न सकिन्छ भन्ने कुरा पर्यटन मन्त्रालयलाई जिम्मा छ ।’ पर्यटकीय गाडीले पर्यटक नै बोक्नुपर्छ अरू बोक्न पाइँदैन । व्यवसायीको छलफलमा लेखकले पोखराको पर्यटकीय स्थललाई संरक्षण गरेर बचाउनुपर्ने बताए । ‘तिहारपछि भारतीय राष्ट्रपति नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘एक रात पोखरामा बस्न इच्छा गर्नुभएको छ । पर्यटकीय क्षेत्रमा पोखराले देशको प्रतिष्ठा बढाएको छ ।’

नेपाल एसोसियन अफ टुर एन्ड ट्राभल्स एजेन्सी ९नाट्टा० पोखराका पूर्वअध्यक्ष केदारनाथ शर्माका अनुसार हरियो प्लेट नम्बरका सवारी काठमाडौंमा १३ सय, नारायणीमा १ सय ७३ र गण्डकीमा २ सय ६ वटा बस र अन्य साना गाडी गरेर २ हजारको संख्यामा रहेका छन् । ‘सवारीमा अहिलेसम्म १५ अर्ब लगानी भइसकेको छ,’ उनले भने, ‘अझै लगानी थपिँदै छ ।

५० प्रतिशत आन्तरिक पर्यटकले यी सवारीमा यात्रा गर्छन् । सरकारले ०७३ लाई घुमफिर वर्ष घोषणा गरेको छ । भूकम्प र नाकाबन्दीको असरले अहिलेसम्म पोखरामा विदेशी पर्यटक भित्रिने क्रम उत्साहजनक छैन ।

 

तपाईंको बिचार