Wednesday, April 26, 2017  |    

नाटोजको दशै कार्यक्रम भब्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2016/10/04

असोज १८, काठमाण्डौ । राष्ट्रिय पर्यटन पत्रकार संघ –नाटोज) ले पर्यटन पत्रकारहरुको सामुहिक दशै कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार नाटोज केन्द्रिय कार्यलय कमलादिमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै नाटोजका अध्यक्ष शिब अधिकारीले सम्पुर्ण पर्यटन पत्रकारहरुलाई दशैको अवसरमा शुभकामना व्यक्त गर्दै पर्यटन क्षेत्रमा नाटोज चलायमान संस्थाको रुपमा स्थापित भैसकेको बताउनुभयो ।  पर्यटनका बिभिन्न बिधाहरु मध्ये चाडपर्व पर्यटन पनि एक भएको भन्दै यसलाई संस्थागत रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालका बिभिन्न चाडपर्वहरुलाई प्रोडक्टको रुपमा बिकास गरी अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल योग एसोसिएसनका अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी मोहन लम्सालले पर्यटन प्रवद्र्धन गर्नका लागि नेपाली चाडपर्वहरुको समायानुकुल क्यालेण्डरको अवधारणामा जोड दिनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्यटन बिभाग प्रमुख सुर्य थापाले आफु र आफ्नो पार्टीको तर्फबाट सम्पुर्ण पर्यटन पत्रकारहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी नाटोजका कानुनी सल्लाहकार रामशरण थपलिया, सल्लाहकार रमेश त्रिपाठीले दशैका अवशरमा सम्पुर्ण पर्यटन पत्रकारहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा पर्यटन पत्रकार बाक्लो उपस्थीति रहेको थियो ।

 

तपाईंको बिचार