Friday, April 28, 2017  |    

पाँच पर्यटन व्यवसायीद्वारा ठुलो लगानीमा अल्टिच्युड एयर

प्रकाशित मिति: 2016/10/04

असोज १८, काठमाडौं । नेपाली आकाशमा नयाँ हेलिकप्टर कम्पनी अल्टिच्युड एयरले उडान सुरु गर्ने भएको छ । एक वर्षभित्र चारवटा हेलिकप्टरमार्फत सेवा दिने तयारीका साथ स्थापना भएको अल्टिच्युड आठौं कम्पनी हो । दुई साताअघि नै एक हेलिकप्टर खरिद गरेर नेपालमा भित्र्याइसकेको छ । अहिले कम्पनी यतिबेला नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) लिने प्रक्रियामा जुटेको सञ्चालक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

 कम्पनीले एयरबस कम्पनीले निर्माण गरेको एस–३५० बी ३ ई नामको ६ सिटे हेलिकप्टर नेपाल ल्याएको हो । “अर्को हेलिकप्टर फागुनमा र त्यसको ६ महिनाभित्र थप दुई हेलिकप्टर ल्याएर सेवा दिने हाम्रो तयारी छ,” शेर्पाले भने ।  कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ । अहिले परीक्षण उडान गरिरहेको कम्पनीले केही दिनभित्रै व्यावसायिक उडान गर्ने तयारी गरेको छ । ६ यात्रु र एकजना पाइलट बस्न मिल्ने सिट रहेको यो हेलिकप्टर २६ करोड रुपैयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ ।  सिंगल इन्जिन रहेको हेलिकप्टरले उच्च क्षमता दिने कम्पनीको भनाइ छ । यही मोडलको हेलिकप्टरले २००५ मे १४ मा सगरमाथामा ल्यान्ड गरेर विश्व रेकर्ड राखेको थियो ।

शेर्पाका नेपाली आकाशमा व्यावसायिक रूपमा यात्रुहरूलाई गुणस्तरीय सुविधा दिनका लागि नयाँ कम्पनी स्थापना भएको बताउँछन् । हाई अल्टिच्युड उद्धार, पर्यटकीय स्थल अवलोकन, माउन्टेन फ्लाइट, विकास र पूर्वाधारका लागि सेवा दिने कम्पनीले लक्ष्य छ । 

“हामी पूर्ण व्यावसायिक रूपमा जाने योजनामा छौं, यो नेपालमा अहिले सम्मकै अत्याधुकी प्रविधि भएकोले उद्धारदेखि गाउँ–गाउँमा विकासका सामान झुन्ड्याएर पु¥याउनका लागि उडान भर्ने हाम्रो योजना हो,” उनले भने । अहिले भइरहेको हेलिकप्टर कम्पनीसँग आफ्नो स्वस्थ प्रतिस्पर्धा हुने र आफूहरूले गुणस्तर र सुरक्षामा बढी ध्यान दिने शेर्पाले बताए ।

उक्त हेलिकोप्टरमा थामसेर्कु ट्रेकिङका सोनाम शेर्पा, हिमालयन शेर्पा एण्ड एड्भेन्चरका फुर्वाग्याल्जेन शेर्पा, चोयु ट्रेकिङका निमानुरु शेर्पा, हिमालयन सोसिएरल जर्नि ट्रेक्सका राम प्रसाद सापकोटा र शेर्पा एड्भेन्चरका जिवन घिमिरेको संयुक्त लगानी रहेको छ । 

तपाईंको बिचार