Wednesday, September 20, 2017

तारुकामा हस्पीटल निर्माण सुरु, भुमिदान दिने नदिने दुबैलाई धन्यबाद :अधिकारी

प्रकाशित मिति: 2016/10/07

असोज २१, नुवाकोट । नुवाकोट तारुका वडा न. १ स्थीत चौतारा गाँउमा गौरा पार्वती सामुदायिक हस्पिटलको निर्माण प्रक्रिया सुरु भएको छ ।

जग्गा हस्पीटलको नाममा पास भैसकेको र सुरुवाती चरणमा १० कोठे सुबिधासम्पन्न पक्की भवन निर्माणका लागि आवश्यक सामाग्री ढुवानी गर्ने कार्य दशैलगत्तैबाट गरिने समाजसेवी कोमल अधिकारीले बताउनुभयो ।
बुधबार बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा स्वीस नागरिक बेनहार्ट बुल्लर, जेनिसा बुल्लर, स्थानिय समाजसेवी तथा गन्तव्य नेपालका अध्यक्ष शिब अधिकारी, गन्तब्य नेपाल न्यूजका अनलाईन सम्पादक माधबप्रसाद सुवेदी, समाजसेवी कोमल अधिकारी लगायतको टोलीले उक्त हस्पीटल निर्माणस्थलको अध्ययन अवलोकन गरेको थियो ।
समाजसेवी मोहन लम्सालले अस्पताल निर्माणको लागि सम्पुर्ण प्रक्रिया पुगीसकेकाले हस्पीटल निर्माणको लागि चाहिने आवश्यक सामाग्री ढुवानी गर्नको लागि प्रारम्भीक बजेटको निकाशा भैसकेको बताउनुभयो ।
उहाँले आफ्नो समाजसेवाको अभियानमा सवै तह र तप्काका पर्यटन व्यावसायीहरुलाई सहयोग गर्नको लागि आह्वान गर्दै नेपालमा आएका बिदेशी मुलका नागरिकहरुलाई समाजसेवाप्रति अभिप्रेरित गर्नको लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी बिहिबार पुनः समाजसेवी मोहन लम्सालकै नेतृत्वमा अष्ट्रेलियन नागरिक डेनियल, गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी तारुका पुगी वडा न. ८ स्थीत पिपलडाँडा हाईस्कुल निर्माण गर्नको लागि स्थानियहरुसँग प्रारम्भीक छलफल गरेको छ ।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले तारुका लगायतको बिकास निर्माणमा आफुहरुको अभियान दु्रत गतिमा अघि बढिरहेको बताउँदै हस्पीटल निर्माणका लागि जग्गा दान गरेर महान कार्य गर्ने रामप्रसाद न्यौपानेलाई बिशेष धन्यबाद प्रकट गर्नुभयो ।
उहाँले यसअघि हस्पीटल निर्माणस्थल आँपचौरमा जग्गा प्राप्त भैसकेको स्थीतिमा केही व्यक्तिको राजनीतिक खिचातानिका कारण पुनः हस्पीटल निर्माणकै लागि नयाँ दाता खोजी गर्नुपरेको स्थीती र दाता सहजै प्राप्त हुनुले सामाजिक कार्यप्रति स्थानियले देखाएको अग्रशरतालाई हौसलाका रुपमा लिएको भन्दै जग्गा नदिने समुह र नयाँ दाता दुबैप्रति आफु आभारी रहेको बताउनुभयो ।
अध्यक्ष अधिकारीले आफु यथास्थीतिको समस्यासँग अल्मलिएर नबस्ने भन्दै नयाँ दातासँगै सम्भावनाको नयाँ खोजीको सुरुवात सार्थक भएको बताउनुभयो । 

तपाईंको बिचार