Sunday, March 26, 2017  |    

धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा दोस्रो बन्यो नेपाल बायु सेवा निगम

प्रकाशित मिति: 2016/10/20

कात्तिक ४, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगम काठमाण्डौबाट धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने एयरलान्समध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।

त्रिभुवन बिमानस्थलले दिएको तथ्याङ्कअनुसार सन् २०१६ जनवरीदेखि जुन महिनासम्म नेपाल एयरलाइन्सले १ लाख ७८ हजार ७ सय ९९ बोकेको छ । यात्रु संख्याका आधारमा पहिलो स्थानमा कतार एयरवेज रहेको छ ।
लामो समयदेखि संकटग्रस्त अबस्थामा रहेको नेपाल बायुसेवा निगमले पछिल्ला ६ महिनामा ९० प्रतिशत बृद्धि हासिल गर्दै दोस्रो स्थानमा पुगेको हो ।

सन् २०१५ को यही अवधिमा निगमले जम्मा ९४ हजारमात्र यात्रु बोकेको थियो ।

गत बर्ष दुईवटा नयाँ एयरबस थपेपछि अन्तर्रा्ष्ट्रिय गन्तब्यहरु बृद्धि भएको र त्यसकै परिणामस्वरुप ९० प्रतिशतको बृद्धि भएको निगमले जनाएको छ ।

दुई नयाँ एयरबस थपेपछि निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंग्लोर उडान थालेको थियो भने केही महिना पहिलेबाट दुबईको उडानसमेत सुरु गरेको छ ।
हाल ८ वटा गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले यो बर्षको अन्त्यसम्म चीनको ग्वाङझाओ उडान सुरु गर्दैछ । दुई वाइड बडी जहाज खरिद गरेपछि युरोप, अष्ट्रेलिया र जापानसम्म सीधा उडान गर्ने योजना बनाइरहेको छ ।

उत्कृष्ट १० को सुची यस्तो छ ।

 

धेरै यात्रु बोक्ने उत्कृष्ट १० एयरलाइन्सको पहिलो स्थानमा रहेको कतार एयरवेजले सन् २०१६ को पहिलो ६ महिनामा १ लाख ८७ हजार ६ सय ६० यात्रु बोकेको छ । यो अघिल्लो बर्षको तुलनामा ११ दशमलव २२ प्रतिशतको बृद्धि हो ।
दोस्रोमा नेपाल रहेको छ । तेस्रो स्थानमा एयर अरेयिबा रहेको छ, जसले १ लाख ६६ हजार १ सय ६ यात्रु बोकेको छ । यसैगरी १ लाख ५४ हजार १ सय १९ यात्रु बोक्दै जेट एयरवेज चौथो स्थानमा झरेको छ । यो अघिल्लो बर्षको तुलनामा १५ प्रतिशत कम हो ।
पाँचौ स्थानमा रहेको फ्लाई दुबईले १ लाख ४४ हजार यात्रु बोकेको छ भने छैटौं स्थानमा रहेको ओमान एयरले ९२ हजार यात्रु बोकेको छ । यसैगरी इण्डियन एयरलाइन्सले ९० हजार, एयर एशियाले ८७ हजार, थाइ एयरले ८० हजार ९ सय र इत्तिहाद एयरले ८० हजार पाँच सय यात्रु बोकेर क्रमशः सातौं, आठौं, नवौं र दशौं स्थान हाँसिल गरेका छन् ।

 

तपाईंको बिचार