Thursday, June 29, 2017  |    

हिमाली क्षेत्र असुरक्षित

प्रकाशित मिति: 2016/10/27

कार्तिक ११, काठमाडौं । नेपाल र नेपालीको पहिचान, यहाँका सुकिला हिमाल । विश्वको सर्वोच्च शिखर सगरमाथा होस् वा अन्य ८ हजार मिटर माथिका १४ वटा हिमश्रृंखला यही नेपालमै पर्दछ । यसका अलवा अन्य दर्जनौं हिमाल नेपालको गौरब बनिदिएको छ । जसले विश्वसामु नेपालको सान हिमाल जस्तै अटल बनिदिएको छ । त्यसैले त हरेक वर्ष विश्वका विभिन्न देशका लाखौं पर्यटक यही हिमाल र हिमाली क्षेत्रको जनजीवन, संस्कृति, परम्परा, भेषभुषा र यहाँको रहनसहन अवलोकनका लागि नेपाल आउने गर्दछन् । जसका कारण हाम्रो देशको आर्थिक मेरुदण्डको रुपमा रहेको नेपालको पर्यटन क्षेत्रले राष्ट्रिय ढुकुटी भर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । तर विश्वका पर्यटक आकर्षित गर्ने यस्ता हिमालय, हिमताल र अन्य हिमाली क्षेत्रका कतिपय पर्यटकीय सम्पदाहरु प्राकृतिक विपत्ति तथा अन्य मानवजन्य समस्याका कारणले जोखिमपूर्ण बन्दै गएको छ, जसका कारण ती क्षेत्रमा पुग्ने पर्यटकदेखि स्थानीय वासिन्दाको जनजीवन नै जोखिममा पर्दै गएको छ । पछिल्ला केही वर्षहरुको तथ्यांकलाई मात्रै आधार मान्ने हो भने पनि हिमनदीले बगाएर, हिमपहिरोमा परी तथा हिमताल फुट्दा दर्जनौं पर्यटक तथा पर्यटन मजदुर तथा हिमाली क्षेत्रका स्थानीयको ज्यान गईसकेको छ । त्यसो त कतिपय हिमतालहरु गत २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पका कारण थप जोखिमपूर्ण बनेको छ । विशेष गरी उच्च हिमाली भेगमा रहेका करिब २ दर्जन बढी हिमतालहरु भूकम्पका कारण बढी जोखिममा परेका छन् । भूकम्पलगत्तै हिमाली क्षेत्रमा रहेका ताल तलैयाहरुको अध्ययनका लागि पुगेको अमेरिकी बैज्ञानिकहरुको टोलीले पनि यो कुरा बताइएसको छन् । करिब दुई महिना लगाएर गरिएको अध्ययनका क्रममा भूकम्प अघि नै जोखिमको सूचीमा रहेका कतिपय हिमतालहरु भूकम्पपछि थप जोखिमपूर्ण बनेको  निष्कर्षसहितको प्रतिवेदन सो टोलीले तयार पारेको थियो ।

भूकम्प अघि नै सरकारले उच्च हिमाली भेगमा रहेका  सोलुखुम्बुको खुम्बु क्षेत्रको इम्जा तथा दोलखाको च्छोरोल्पालगायत आधादर्जन हिमलताललाई सबैभन्दा बढी जोखिममपूर्ण हिमलतालको सूचीमा रहको बताउँदै आएको थियो । नेपालमा अहिले करिब २ हजार ३ सय १५ वटा हिमताल रहेको भएपनि २ दर्जन हिमताल बढी जोखिमको सूचीमा रहेको छ । भूकम्पलगत्तै इसिमोडको टोलीले गरेको अध्ययनले पनि नेपालका कतिपय हिमतालहरु बढी जोखिममा रहेको निष्कर्ष निकालेको थियो । तल्लो बरुण, लुमदिङ्ग, पश्चिम चमजाङर ठूगालीलगायतका चर्चित हिमतालहरु फुट्ने जोखिम विज्ञहरुले यसअघि नै औंल्याइएसकेका छन् । यसैगरी कौरु ००१६, गबुद ००९ कौबुद ०२२०, कोबुद, ०२३८, गाकल, ०००४, गाकल ०००८, कोटम ०१११, कोटमा ०१९१, गाकल ००२२, पूर्वी हुङ्गु २ लगायतका हिमतालहरु सँधै  जोखिमकै सूचीमा रहँदै आएका छन् । यसरी हिमताल फूट्ने जोखिम बढ्दा ती क्षेत्रको अध्ययन, अनुसन्धान तथा अबलोकनका लागि जाने पर्यटकहरुले सँधै आफूलाई असुरक्षित महशुस गरिरहनुपरेको छ । हिमाली क्षेत्रको भू–बनोट, त्यहाँको माटोलगायतलाई भूकम्पले हल्लाईदिएपछि यो क्षेत्र कमजोर बनेको हो । यसका साथै हिमाली क्षेत्रमा जाने हिम पहिरो, हिमनदी तथा सुख्खा पहिरोलगायतका कारणले पनि बर्षेनी कतिपय पर्यटकहरुले ज्यान गुमाउने, बेपत्ता हुने, अंगभंग तथा चोटपटकलगायतका घटना निरन्तर रुपमा भै रहेका छन् । यसलाई बेलैमा मध्यनगर गर्दै सरकार र नियमक निकायले जोखिम कम गर्न आवश्यक उपाय अपनाउन सके हिमाली क्षेत्रमा हुने दुर्घटना तथा अन्य प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।

अन्य कारणहरु पनि छ हिमाली क्षेत्रमा पर्यटक असुरक्षित बन्ने
हिमाल र हिमाली क्षेत्रमा पुग्ने विदेशी पर्यटकहरु अन्य कारणले पनि असुरक्षित बन्दै गएका छन् । विशेष गरी पदयात्रा, हिमाली क्षेत्रको दृश्याबलोकन तथा हिमाल चढ्न निस्केका पर्यटकहरु हिमाली क्षेत्रमा लुटिने, पिटिने तथा ठगिने लगायतका घटना नौला होइनन् । कतिपय अवस्थामा उनीहरुले ज्यानै गुमाउनुपरेको तीतो यथार्थ पनि नेपालको पर्यटन क्षेत्रले भोग्दै आएको छ । तर घटना घटेपछि त्यसको छानबिन तथा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने र भाविष्यमा यस्ता घटना नदोहोरिन दिन गर्नुपर्ने उपाय तथा काम अघि बढाउनु राज्यका लागि हिमाल चढ्नु जत्तिकै कठिन हुने गरेको छ । कतिपय घटनामा संलग्न दोषीको पहिचान गरी कारबाही गरिएपनि कतिपय वेपत्ता पर्यटक, हिमाली क्षेत्रमा हुने यस्ता गतिविधिमा संलग्नहरुको पहिचान समेत गर्न नसकिँदा दोषीले सँधै उन्मुक्ति पाईरहने र पर्यटकले जहिले पनि असुरक्षित महशुस गर्नुपरिरहेको छ । जुन पर्यटन क्षेत्रको लागि ‘खग्रास सूर्य ग्रहण’ बनिदिएकोछ  । नेपालले विश्व बजारसँग प्रतिपर्धा गर्ने पर्यटन उद्योग र यस्ता पर्यटकीय स्थलहरुको सुरक्षा तथा पर्यटक मैत्री बनाउने विषयमा तत्काल केही न केही सोच्नु अब राज्यले पटक्कै ढिलाई गर्नु हुँदैन । यी आवश्यकता औल्याउनुहुन्छ नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार हामीसँग सम्भावना मात्रै छ भनेर कराउने र यस्ता सम्भानायुक्त क्षेत्रको विकास र विस्तारमा लगानी गर्न राज्यले उदासिनता देखाउने हो भने भोलिका दिनमा इतिहास बोकेका यी र यस्ता सम्पदा इतिहासकै कुनै पानामा मात्रै सिमित नरहलान् भन्न सकिन्न ।

पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा ४० जना विदेशी तथा स्वदेशी पर्यटकको ज्यान जानुले पनि हिमाली क्षेत्र कति सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ । यस्तै केही समय अघि मनास्लु पदमार्गमा गएको पहिरोमा परी केही पर्यटक पथप्रदशक तथा पर्यटन मजदूरको समेत गएको छ । भूकम्पलगत्तै गएको हिम पहिरोमा परी सगरमाथा क्षेत्रमा १४ नेपाली र चार विदेशी पर्यटकले ज्यान गुमाउनुप¥यो । भूकम्पपछि नेपालको प्रमुख पर्यटकीय स्थल लाङ्टाङ् क्षेत्र पनि ध्वस्त बन्यो, सयौंको मृत्यु, वेपत्ता तथा अंगभंग भयो । अहिलेसम्म पनि लाङ्टाङ क्षेत्र पुरानै अवस्थामा फर्कन सकेको छैन ।  

के कारणले निम्ताएको छ हिमाली क्षेत्रमा जोखिम
हिमाली क्षेत्र असुरक्षित हुनुका पछाडि विभिन्न कारणहरु रहि आएको छ । एक त हिमाली क्षेत्रको भू–बनोट र त्यसमा पनि जलबायु परिवर्तनको प्रत्यक्ष असर यो क्षेत्रले खेप्नुपरेको कारण जोखिम थप बढेको छ । पछिल्लो समयमा पृथ्वीमा बढ्दो जनघनन्व, यसबाट उत्पन्न हुने फोहोर, उद्योगधन्दाबाट निस्कने धुँवा, सवारी साधनबाट निस्कने धुँवा धुलोजस्ता मानवसृजित विभिन्न खाले परिस्थितिका कारण सुकिला हिमाल मैला र फोहोर मात्रै होइन उजाड देखिन थालेका छन् । सँगै यस क्षेत्रमा बस्ने हिम पुजारी र कहिले काँही यी क्षेत्रमा पुग्ने ‘दर्शनार्थी’ रुपी पर्यटकहरु यसको मारमा पर्न थालेका छन् । एक त जलबायु परिवर्तनका कारण हिमालका चुचुराहरुमा देखिने सेता हिउँ विस्तारै पग्लेर हिमाल एउटा सुख्खा डाँडोको रुपमा परिणत हुँदैछ भने हिमाली क्षेत्रका जडिबुटी उत्पादनमा समस्या तथा यी क्षेत्रमा फूल्ने विभिन्न प्रजातिका फूलहरु पनि बेमौसममा फूल्न थालेका छन् । जसले हिमाली क्षेत्रको चक्रलाई नै असन्तुलित बनार्यदिएको छ । पर्यटकन उद्योगका लागि यो भन्दा घटा अरु केही हुन सक्दैन । हिमाली भेगका डाँडाकाँडालाई जोगाउने भन्दा पनि यसलाई भत्काउने तथा यहाँका ढुंगामाटोलाई विक्री विरतण गरिँदा यसको प्रत्यक्ष असर यहीका स्थानीय तथा यहाँ पुग्ने पर्यटकले भोग्नपुरेको छ । यदि यस्तै अवस्था निरन्तर रुपमा जारी रहने र यसलाई जोगाउन गम्भीरतापूर्वक सकिने काम अघि नबढाइए नेपालको मौलिक पहिचान समेत गुम्ने खतरा बढ्दै गएको छ । विकासको गतिमा अघि बढीरहेको नेपाल जस्तो मुलुकले यस्त समस्याको सामना गर्नुपरिरहेको छ, जुन नेपालको साधन र स्रोतभन्दा धेरै बाहिरको विषय हो । हिमालमा हिउँ पग्लनु, पहाड उजाड बन्नु तथा तराईमा बाढी र डुबानको समस्या निम्तनु नेपालका लागि सामान्य जस्तै भै सकेको छ । तर यसले पर्यटन उद्योग र सिँगो मानव समुदायलाई नै गम्भीर धक्का दिएको छ । केही महिना अघि चिनको तिब्बती क्षेत्रको हिमताल फूटेर नेपालको सिन्धुपाल्चोक जिल्लाको तातोपानी क्षेत्र भएर बग्ने भोटेकोशी नदीको बहाव बढ्दा भएको कटानले नदी आसपासका दर्जनौं घर बगाएको थियो । जसका कारण तातोपानी तथा आसपासका क्षेत्र अहिले पनि जोखिपूर्ण अवस्थामा रहेको छ भने सयौं विस्तापित बनेका छन्  । पृथ्वीकै अस्तित्वलाई संकटमा पु¥याउने गरी भै रहेको जलवायु परिवर्तन र यसको असरलाई कम गर्न नेपालजस्तो देशसँग हामीसँग साधन स्रोत छैन भनेर पछि हट्नु भनेको भोलिका दिनमा हामीले हाम्रो अस्तित्व नै समाप्त पार्न सहमति जनाउनु सरह हो । त्यसका लागि नेपालले विश्व समुदायसँग हातेमालो गरेर अघि बढ्नुपर्दछ  

के गर्नसक्छ सरकार र नियम निकायले
प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । यो सबैलाई थाहा भएकै विषय हो । तर मान्छेले चाह्यो भने प्राकृतिक प्रकोपबाट निम्तने जोखिमलाई धेरैहदसम्म कम गर्न सक्दछ । हिमाली क्षेत्रको कुरा गर्दा पदयात्रा तथा हिमाल आरोहण गर्न जाने पर्यटकहरुलाई राज्यले आवश्यक तालिम तथा परामर्श दिनसक्छ । यसका साथै हिमाली क्षेत्रको मौसम तथा अन्य अवस्थाको पूर्वानुमान गर्ने अत्याधुनिक उपकरण जडान गरी सम्भवित जोखिम कम गर्न सकिन्छ । कतिपय जोखिमपूर्ण अवस्थामा रहेको हिमालताल फुटाएर वा यसमा रहेको पानीको सहतलाई घटाउन सकिन्छ । जसले जोखिम कम गराउँछ । बढी जोखिम रहेका हिमाली क्षेत्र र हिमालहरुको बारेमा स्पष्ट जानकारी गराउन सक्छ । अनि यी क्षेत्रमा राज्यकै तर्फबाट आवश्यक दक्ष जनशक्ति परिचालन गरी उनीहरुलाई तयारी अवस्थामा राख्न सके प्राकृतिक विपत्तिमा परेकाको समयमै उद्दार गर्न सकिन्छ । हिमाली क्षेत्रमा पुग्ने सडकहरु अहिले पनि अत्यन्तै जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेका छन् । यस्ता सडकको स्तरोन्नती तथा सडक नपुगेका ठाउँमा सडक पु¥याउने दिशामा सरकारले गम्भीरता देखाउनुपर्दछ । अन्यथा हिमाली क्षेत्रमा पुग्ने पर्यटकबाट करमात्रै लिने र आवश्यक पूर्वाधार सिर्जना नगरिदिँदा जोखिम बढ्छ । यसले अन्र्तराष्ट्रिय स्तरमा नेपालको छबि विग्रन सक्छ । हिमाली क्षेत्रमा बढेको प्रदुषणले पनि विभिन्न खाले समस्या निम्ताएको छ । आरोहणमा जाने पर्यटकले लैजाने खाद्य तथा अन्य सामग्रीबाट निस्किएको फोहोरको व्यवस्था गर्नु अहिले टाउको दुखाईको विषय बनेको छ । कतिपय हिमालमा पुग्ने पर्यटकले हिमाल चढ्दा प्रयोग गर्ने बाटो तथा भ¥याङ् भत्किएका छन् । त्यसैले सरकारले पर्यटकसँग् करसँग विग्रिएका हिमाली क्षेत्रका संरचना निर्माण, आवश्यक जनशक्तिलाई चाहिएको ठाउँमा तयारी अवस्थामा राख्ने तथा भत्किएका र विग्रिएका तत्काल निर्माण गर्न सके जोखिम ह्वात्तै घटाउन सकिन्छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ् शेर्पाले राज्यले लिने करको तुलनामा हिमाली क्षेत्रको विकास र विस्तारमा ध्यान दिन नसकेको बताउनुभयो । ‘अहिले प्राकृतिक र मानव निर्मित समस्याका कारण नेपालका हिमाली क्षेत्र असुरक्षित बन्दै गएको सत्य हो । तर बाहिर चर्चा गरिएजस्तै हिमाली क्षेत्र असुरक्षित भने छैन  उहाँले भन्नुभयो, हिमाली क्षेत्रमा अनगिन्ती समस्या छन् तर यसलाई समाधान गर्नुको साटो समस्याकै रुपमा बुझ्न खोजियो भने यसबाट घाटा हामीलाई नै छ ।’

 नेपालका कुल १४ वटा हिमाली क्षेत्रमा राज्यले आरोहणको अनुमति दिएको छ । कञ्चनजंगा हिमालका विभिन्न ५ वटा चुचुरा, मकालु ६ लोत्सेका ३ वटा, एभरेस्ट, छोयु, मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमाल चढ्न पाइन्छ । तर कञ्जनजंगा रेन्जमा पर्ने पाँचवटा मध्ये अहिलेसम्म ‘यालुङ्गखान्ज वेस्ट’ मा भने आरोहण अनुमति पाएर पनि आरोहण गर्न सकिएको छैन ।

 

तपाईंको बिचार