Monday, December 11, 2017

बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न

प्रकाशित मिति: 2016/10/27

कार्तिक ११, काठमाडौं । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महाचैत्यको पुनःनिर्माण श्री बौद्धनाथ क्षेत्र विकास समितिको सक्रियतामा सम्पन्न भएको छ । २०७२ साल जेष्ठ १० गतेबाट प्रारम्भ भएको पुनःनिर्माणको कार्य २०७३ कार्तिक २ गते गजुर स्थापना गरी सम्पन्न भएको छ । ३० किलो सुनसमेत गरी लगभग २२ करोड रुपैयाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको हो । धर्मगुरु ताई सितुपा रिन्पोछे, चाईनिज बुद्धिष्ट एसोसियसन, चिनियाँ धर्मावलम्बीहरु, विभिन्न बौद्ध संघसंस्थाहरु, स्थानीय संघसंस्थाहरु, स्थानीय बासिन्दाहरु, स्थानीय बुद्धिजिवी एवम् समाजसेवीहरु सबैको सहयोगमा बौद्ध महाचैत्यको पुनःनिर्माण भएको हो ।

काठमाडाँै उपत्यकामा अवस्थित विश्व सम्पदाहरुमध्ये बौद्ध सबैभन्दा पहिले पुनःनिर्माण भएको विश्व सम्पदाको रुपमा रहेको छ । २०७३ साल मंसीर ३ र ४ गते शुद्धीकरण तथा मंसीर ५ गते विभिन्न बौद्ध परम्पराका धर्मगुरुबाट बौद्ध महाचैत्यको प्राण प्रतिष्ठाको कार्यक्रम तय भएको छ । यसका साथै मंसीर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा विभिन्न कूटनीतिक नियोगका विशिष्ट अतिथिहरु तथा बौद्ध धर्मगुरुहरुको समुपस्थितिमा पुनःनिर्मित बौद्ध महाचैत्यको विधिवतरुपमा समुद्घाटन गरिने कार्यक्रम
रहेको छ ।

 

तपाईंको बिचार