Monday, April 24, 2017  |    

हीरक महोत्सवमा अन्तर्राष्ट्रिय विज्ञको सहभागिता हुने

प्रकाशित मिति: 2016/10/27

कार्तिक ११, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले मकालु र कञ्चनजंघा हिमाल आरोहणको हीरक महोत्सव यही नोभेम्बर १८ र १९ तारिकका दिन काठमाडौंमा आयोजना गर्ने भएको छ । काठमाडौंको होटल ह्यातमा हुने उक्त कार्यक्रममा विभिन्न देशका पर्वतारोही, वातावरणविद्, वातावरणीय परिवर्तनका क्षेत्रमा विशेष दख्खल राख्ने व्याक्तिहरुको उपस्थिति रहनेछ ।

सोही दिन एसिएन पर्वतारोहण महासंघको महासम्मेलन र अन्तर्राष्ट्रिय वातावरण तथा मौसम परिवर्तन सम्मेलनसमेत सँगै आयोजना गरिएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिनुभयो । विभिन्न समयमा हिमाल आरोहण गरेका आरोही, अन्तर्राष्ट्रिय पर्यटन तथा वातावरण क्षेत्रका विज्ञ र आइपिसिसीका पूर्व अध्यक्ष राजेन्द्र पचौरीलगायतका व्यक्तिहरुको उपस्थिति हुने उक्त कार्यक्रममा ७ सयभन्दा बढीको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा मुख्यतः आरोहीलाई सम्मान, प्रभातफेरी, माउन्टेनियरीङ तथा जलवायु परिवर्तनका असर  न्यूनीकरणका लागि पहल लगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरुसँगको छलफल र राय सुझाव आदनप्रदान गरिने अध्यक्ष शेर्पाले बताउनुभयो । विदेशी सञ्चारमाध्यमको समेत सहभागिता हुने यस कार्यक्रममा पर्वतीय पर्यटन, वातावरणीय क्षेत्रको प्रवद्र्धन र  नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन थप मद्दत पुग्ने उहाँले बताउनुभयो ।  

 

तपाईंको बिचार