Monday, May 1, 2017  |    

गौरीशंकर कञ्जरभेसन एरिया प्रोजेक्ट(जिक्याप)को ब्रम्हलुट, टान मुकदर्शक

प्रकाशित मिति: 2016/10/27

कार्तिक ११, काठमाडौं । दोलखाको जिरीबाट सगरमाथा आरोहण तथा ट्रेकिङ मा जाने पर्यटकहरुलाई गौरीशंकर कञ्जरभेसन एरिया प्रोजेक्ट (जिक्याप)ले आफ्नो क्षेत्र हुँदै यात्रा गरेको भन्दै पर्यटकहरुबाट अबैधानिक रकम असुली गर्दै आएको छ ।

ट्रेकिङका लागि सवारीमा जाँदै गरेका पर्यटकहरुलाई आफ्नो क्षेत्रमा पर्ने गौरीशंकर क्षेत्रको अवलोकन गरेको बहानामा प्रति सवारी २ हजारका दरले रकम उठाउने गरेपनि राज्यका नियामक निकाय र ट्रेकिङसँग सरोकार राख्ने संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मुकदर्शक बनेको छ ।

एभरेष्ट बेसक्याम्पका लागि निस्कने पर्यटकले अनिवार्य रुपमा सगरमाथा नेशनल पार्कको शुल्क तिरेर यात्रामा निस्कने गरेको भएपनि गौरीशंकरको भ्रमण नै नगर्ने पर्यटकहरुलाई पनि साँध छोएकै आधारमा जिक्यापले जबरजस्ती रुपमा पर्यटन व्यावसायीसँग अशुली गर्दै आएको छ ।

यात्राका क्रममा गौरीशंकर क्षेत्रको बाटो हुँदै सवारीमा आधा घण्टाको दुरी पार गर्नुपर्दछ । तर यही क्षेत्रमा अवस्थीत भण्डार क्षेत्रमा जिक्यापका सदस्यहरुले जथाभावी रकम अशुली गर्दै आएका छन ।  भण्डार क्षेत्रमा आफुहरुसँग जिक्यापले जबरजस्ती रकम अशुली गरेको भन्दै पर्यटक व्यावसायीहरुले भ्रमणमै नगएको क्षेत्रको रकम आफुहरुले तिनुपरेको प्रति आपत्ति जनाए ।
   
यस बिषयमा पर्यटकीय संघसस्था तथा व्यक्तिहरुले आपत्ति जनाउँदै आएपनि कुनै सुनुवाई हुन सकेको छैन ।

ट्रेकिङ एसेन्सिज एसोसिएसन अफ नेपाल टानका पूर्व महासचिब तथा बरिष्ठ पर्यटन व्यावसायी मोहन लम्सालले गौरीशंकर क्षेत्रमा रुट प्रयोगको बिषयलाई लिएर यसअघि पनि जिक्यापले अबैधानिक अशुली गर्दै आएको भएपनि आफुहरुले जिक्याप नेतृत्वसँग संबाद गरेर असुली रोकेको बताउँदै बर्तमान टान नेतृत्वले यसमा ध्यान नदिनु दुःखद भएको बताउनुभयो ।

यसबारेमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष चन्द्र रिजालसँग सम्पर्क गर्दा टान अध्यक्ष चन्द्र रिजालले यसबारेमा टान अनभिज्ञ रहेको भन्दै यसअघिका टान नेतृत्वले पनि यसबारेमा कुनै पहल गरेको आफुलाई जानकारी नभएको बताउनुभयो ।

 

तपाईंको बिचार