Saturday, July 29, 2017  |    

तारुकामा गौरापार्वती हस्पिटल निर्माणले तिब्रता पायो, मंसिर दोस्रो साता उद्घाटन हुने

प्रकाशित मिति: 2016/11/06

कार्तिक २१, नुवाकोट । नुवाकोट तारुका वडा न. १ चौतारागाँउको राम्चे डाँडामा गौरापार्वती सामुदायिक हस्पिटलको निर्माण कार्यलाई तिब्रता दिईएको छ ।
बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट वुल्लरको १७ सदस्यीय टिमले अस्पताल निर्माणको कार्यलाई जारी राखेको हो ।
पहिलो चरण अन्र्तगत १० कोठे सुबिधासम्पन्न पक्की भवन यही मंसिर १५ गतेभित्र निर्माण भईसक्ने समाजसेवी मोहन लम्सालले गन्तव्य नेपाललाई बताउनुभयो ।
लम्सालले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै अस्पताल निर्माणसँगै आधिकारिक रुपमा उद्घाटन गरेर सेवा प्रदान गरिने पनि बताउनुभयो ।
गन्तव्य नेपालका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीले आफ्नो अस्पताल निर्माणको आग्रहलाई सहर्स स्वीकार गरि अस्पताल निर्माणलाई तिब्रता दिनुभएकोमा बिशेष धन्यबाद प्रकट गर्दै लम्सालको मानविय सेवा प्रतिको उदारतालाई तारुका लगायत नुवाकोट बासीले कहिल्यै भुल्न नसक्ने बताउनुभयो ।
अधिकारीले पहिलो चरणमा सानो आकारको अस्पताल निर्माण हुन गईरहेको बताउँदै आगामि दिनहरुमा गौरा–पार्वती अस्पतालले ठुला आकार प्राप्त गर्ने समाजसेवी लम्सालबाट आफुले पाएको बताउँदै सम्पुर्ण तारुका लगायत आसपास क्षेत्रका जनतालाई सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

अधिकारीले हस्पिटल निर्माणको लागि भुमिदान दिने समाजसेवी द्धय रामप्रसाद न्यौपाने र बद्रि प्रसाद न्यौपानेको प्रशंसासहित धन्यबाद व्यक्त गर्नुभयो ।

 

 

तपाईंको बिचार