Wednesday, May 24, 2017  |    

नाराको १५ औ हिमालयन ह्वाईट वाटर च्यालेञ्ज नोभेम्बर २८, सेती नदीमा

प्रकाशित मिति: 2016/11/06

कार्तिक २१, पोखरा । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)को आयोजनामा ‘१५ औ हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ हुने भएको छ ।
नाराले सन २००२ देखि प्रत्येक बर्ष सञ्चालन गर्दै आएको उक्त प्रतियोगिता यसबर्ष आगामी नोभेम्बर २८, २९ र ३० तारिकका दिन पोखराको अपर सेती क्षेत्रमा सञ्चालन हुने नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)का अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।
२० मुलुकका अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कायाकिङमा चासो राख्ने खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगितामा बिभिन्न मुलुकका ३ सय खेलाडिको सहभागिता रहने उहाँले बताउनुभयो ।
बिशेषतः नेपालका नदी र पानीजन्य साहसिक खेलका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उदेश्यले अन्तर्राष्ट्रिय कायाकिङ प्रतियोगिता यसअघि भोटेकोशी र त्रिशुलीमा निरन्तर रुपमा सञ्चालन गर्दै आएकोमा यसबर्ष पोखरा स्थीत अपर सेतीनदी क्षेत्रमा सञ्चालन गरिने दाहालले बताउनुभयो ।
प्रतियोगिताका माध्यमबाट नेपालको नदी पर्यटनको बिकासको साथै बातावरणलाई स्वच्छ राख्न पहल समेत गरिने नाराले जनाएको छ ।

 

तपाईंको बिचार