Saturday, September 23, 2017

टान चरम आर्थिक संकटमा, बिल्डीङ नै बेच्दा पनि ऋण तिर्न नपुग्ने

प्रकाशित मिति: 2016/11/09

कार्तिक २४, काठमाण्डौ । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान चरम आर्थिक संकटमा फसेको छ ।
टानले हेलिकोप्टर कम्पनी र मजदुर लगायतलाई २ करोड ७० लाख तिर्नुपर्ने भएपनि टानको खातामा ४ लाख, टान टिम्सपट्टिको टिम्स कार्डबापतको रकम रु २६ लाख मात्रै रहेको छ ।
नेपाल पर्यटन बोर्डलाई टिम्सबापत तिर्नुपर्ने उधारो ३५ लाख रहेकोमा उक्त रकमका लागि टानले नेपाल पर्यटन बोर्डलाई चेक मात्र दिएको छ, तर खातामा पैसा छैन ।
टानको बार्षिक सदस्यता आम्दानी ६५ लाखको हाराहारीमा हुने गर्दछ । टानको अर्को आम्दानको स्रोत बिभिन्न डोनेसन मार्फत ३० लाखको हाराहारीमा हुने गर्दछ ।
टिम्सबाट बार्षिक ११ करोडभन्दा माथी नेपाल पर्यटन बोर्डबाट लिनुपर्ने रकम आर्थिक लेखा परिक्षण र महालेखा परिक्षण नगरेको भन्दै पर्यटन बोर्डले टिम्स बापतको रकम रोकिदिएको छ ।
गत दशैमा कर्मचारीहरुलाई दशै पेश्की समेत खुवाउन नसकेपछाडी दशै लगत्तै बार्षिक साधारणसदस्यबाट उठेको रकमबाट दशै पेश्की खुवाईएको थियो ।
आर्थिक संकटका कारण सामान्यतया सेप्टेम्बर महिनामा बार्षिक साधारणसभा गर्नुपर्नेमा हालसम्म अत्तोपत्तो छैन ।
स्मरणिय छ, टानले केही महिनाअघि टिम्सबापतको रकम नेपाल पर्यटन बोर्डबाट १ करोड ८१ लाख हुदहुद आँधीका पिडित र टिम्स कर्मचारीलाई दिनको लागि टान कार्यसमिती धितो राखेर रकम निकासा गरेको थियो ।
टानभित्रको आन्तरीक खिचातानीको कारणले टान इतिहासकै जोखिम मोडमा आईपुगेकोमा पर्यटनव्यावसायीहरु चिन्तत देखिएका छन ।
अर्कोतर्फ एमालेभित्रको गुटउपगुटले पनि पर्यटन बोर्डबाट आउनुपर्ने रकम निकासा हुन नसकेर टान दलदलमा फसेको बताईएको छ ।

 

तपाईंको बिचार