Wednesday, March 29, 2017  |    

रुमानी आरोहीद्वारा पिक–५ को सफल आरोहण

प्रकाशित मिति: 2016/11/09

काठमाडौँ, २४ कार्तिक । मकालुको पूर्वी उत्तर क्षेत्रमा पर्ने  ९६, ४२१ ० मिटर अग्लो पिक–५ को पहिलो पल्ट साहसिक आरोहण भएको छ । रुमानी दुई नागरिक भ्लाड कप्सन Vad Capusan र जेसोल्ट टोर्क Zsolt Torok ले पहिलो पल्ट पिक आरोहण गरेका हुन । उनीहरुले कार्तिक १५ (अक्टोबर ३१) का दिन दिउँसो २ बजेर १० मिनेटमा सफल आरोहण गरेका थिए ।

सरकारले सन् २००३ मा ‘अन क्लाईमेड’ पिक–५ को रुपमा यो चुलीलाई सूचिकृत गरेको थियो । योजस्ता एक सय बढी अफ्ठ्यारा नचडिएका पिक सूचिकृत भएपनि यो विचमा धेरै पिक आरोहण भएको र तीनको नामाकरणसमेत नभएको बताईन्छ ।


स्नोवे होराईजन ट्रेक्स एन्ड एक्सिपीडिसन कम्पनीबाट गएको रुमानी टोलीले पहिलो पल्ट अफ्ठ्यारो पिक आरोहण गरेको कम्पनीका सञ्चालक बोधराज भण्डारीले बताउनुभयो । नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रुमानी आरोही द्वय कप्सन र टोर्कले युवा आरोही टीमले पहिलो पटक पिक आरोहण गर्न पाउँदा अत्यन्तै खुसी र गौरवको विषय भएको भन्दै यसले पर्वतीय पर्यटनमा विश्वभर सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले आरोहणका सबै कागजात अध्ययन भइरहेकाले चाँडै आरोहण प्रमाणपत्र दिइने जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले हालसम्म नचडिएको ९भर्जिन पिक० आरोहण सफलतासँगै पर्वतीय पर्यटनमा नयाँ आयाम थपिएको बताउनुभयो । 

तपाईंको बिचार