Thursday, April 27, 2017  |    

अन्तर्राष्ट्रिय उडानका नयाँ एयरबस खरिद गर्ने प्रश्ताबमा ९ कम्पनीको आबेदन

प्रकाशित मिति: 2016/11/10

कात्तिक २५, काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा नयाँ एयरबस खरिदका लागि आव्हान गरेको बोलपत्रमा ९ कम्पनीले चासो देखाएका छन् ।

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार युरोपसहित अमेरिका तथा दुबईका विभिन्न ९ वटा कम्पनीले नयाँ एयर बस खरिदमा लागि बोलपत्रमा आवेदन दिएका छन् । आवेदन गर्ने कम्पनीको विवरण आज सार्वजनिक गर्ने तयारी भइरहेको कंशाकारले  बताउनुभयो ।
टेन्डर मूल्याङ्कन कमिटिले आवेदन दिने कम्पनीको आर्थिक, प्राविधिक लगायतका पाटाहरु मूल्याङकन गरेर मात्रै कम्पनी छनौट गरिने उनले बताए ।

निगमले ४५ दिनको समय दिएर सेप्टेम्बर २६ मा नयाँ एयरबस खरिदका लागि बोलपत्रको सूचना प्रकाशन गरेको थियो । निगमले ए ३०० र २०० एयर बसका लागि एयरबस, एयरलाइन्स कम्पनीहरु र विमान भाडामा लिएका कम्पनीहरुले टेण्डर भर्न सक्नेगरी बोलपत्र आव्हान गरेको थियो ।
नेपाल सरकार जमानी बसेपछि कर्मचारी संचयकोषले वायु सेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिने तयारी गरेको छ ।
निगमले झण्डै २६ अर्ब रुपैयाँ खर्च गरेर विमान गरिद गर्ने तयारी गरेको थियो ।
निगमले खरिद प्रक्रियाका सबै काम सकेर अर्को असोजमा पहिलो र चैतमा अर्को विमान ल्याइसक्ने लक्ष्य राखेको छ । नयाँ विमान आएसँगै नयाँ गन्तव्यको उडानको लागि समेत निगमले तयारी गरिरहेको छ ।   

तपाईंको बिचार