Thursday, March 23, 2017  |    

पर्यटनका बिकृती अन्त्य गरेरै छाड्छु :जयराज आचार्य, महानिर्देक पर्यटन बिभाग

प्रकाशित मिति: 2016/11/10

कार्तिक २५, काठमाण्डौ । पर्यटन बिभाग प्रमुख जयनारायण आचार्यले पर्यटन बिभागको जिम्मेवारी सम्हालेलगत्तै पर्यटन क्षेत्रमा भएका अबैध गतिबिधीहरुलाई निरुत्साहित गर्नका लागि पर्यटकीय क्षेत्रहरुमा अनुगमनलाई तिब्रता दिने बताएका छन ।

गन्तव्य नेपाल न्यूजसँग संक्षिप्त कुराकानी गर्दै पर्यटन बिभागका महानिर्देशक आचार्यले अनुगमनलाई प्रभाबकारी बनाउदै अबैध रुपमा काम गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रको बिकास प्रवद्र्धन र नितीनियमको बिषयमा निजी क्षेत्रसँग परामर्श लिने काम भैरहेको बताउँदै केही दिनभित्रको अन्तरालमा पर्यटकीय स्पटहरुमा अबैध रुपमा गाईडिङ गर्नेहरुलाई निरुत्साहित गरिने पनि बताउनुभयो ।
पर्यटन क्षेत्रमा बिभिन्न बहानामा हुने गरेका अबैध क्रियाकलाप अन्त्यका लागि पर्यटन व्यावसायीको पनि सक्रियता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
यसअघि आचार्यले राष्ट्रिय योजना आयोगमा सहसचिबको जिम्मेवारी बहन गरेका थिए ।
उक्त भेटमा टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)का प्रथम उपाध्यक्ष  केदार तामाङ, द्धितिय उपाध्यक्ष भाईकृष्ण खड्का र टूर्गानका प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी सहभागि थिए ।

तपाईंको बिचार