Saturday, April 29, 2017  |    

विगुटार फाउण्डेशनद्धारा टान कोषाध्यक्ष (काका) सम्मानित

प्रकाशित मिति: 2016/11/15

कार्तिक ३०, काठमाण्डौ । विगुटार विकास फाउण्डेशनको प्रथम वार्षिक साधारण सभाको एक समारोहका विच पूर्व अर्थमन्त्री शंकर कोइरालाले उद्घाटन गर्नुभयो ।
   सो समारोहमा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)का कोषाध्यक्ष लिला वल्लभ दाहाल (काका)लाई विशेष सम्मान गरिएको थियो । उहाँलाई  २०७२ को महाभुकम्पले तहस नहस वनाएको ओखलढुङ्गाका करिब ११ विद्यालय भवनहरु पठन पाठन योग्य वनाई विद्यार्थीहरुको भविष्य उज्वल वनाउन महत्वपूर्ण सहयोग गरेबापत फाउण्डेशनले विशेष सम्मान गरेको हो ।
    उक्त समारोहमा वोल्दै दाहालले आफुले ओखलढुङ्गाको विद्यालयहरुमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम घोषणा गरेको वताउनु भयो । यसका साथै स्थानिय एफ.एम मार्फत दिनमा दुईपटक लोकसेवा सम्वन्धी प्रश्नोत्तर कार्यक्रम संचालन गर्न सम्झौता गरेको समेत वताउनु भयो ।
प्रमुख अतिथिको आसनवाट लिला वल्लभ दाहाल (काका)ले आफुले सञ्चालन गर्ने कार्यक्रमवाट राज्यले योग्य, कर्मठ, इमानदार, देशभक्त र निष्ठावान कर्मचारीको अपेक्षा गरेको छ भन्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भयो ।

 

तपाईंको बिचार