Friday, June 23, 2017  |    

कञ्चनजंघा हिरक महोत्सव मंसिर ७ बाट सुकेटारमा सुरु हुँदै

प्रकाशित मिति: 2016/11/15

कार्तिक ३०, काठमाण्डौ । कञ्चनजंघा हिमाल आरोहणको ६० औं बर्ष पुरा भएको अवसरमा यही नोभेम्बर २२ देखि २४ तारिकका दिन कंञ्चनजंघा हिरक महोत्सव २०१६ आयोजना गरिने भएको छ ।
महोत्सव आयोजक समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना र तयारीबारे जानकारी गराएको हो ।
ब्रिटिस नागरिक सर चाल्र्स इभान्सको नेतृत्वमा १९५५ मे २५ तारिकका दिन जो ब्राउन र जर्जक्रिष्टोफर ब्याण्डले पहिलो पटक कञ्चनजंघाको सफल आरोहण गरेका थिए ।
 विश्वकै तेस्रो अग्लो हिमाल र मनोरम पर्यटकीय क्षेत्र भएपनि प्रचारप्रसार हुन नसक्दा पर्यटकीय संभावना ओझेलमा परेको भन्दै हिरक महोत्सवको बिशेष आयोजना गरिएको कञ्चनजंघा हिरक महोत्सव आयोजक समितीका संयोजक छोवाङ शेर्पाले बताउनुभयो ।
ताप्लेजुङको सुकेटारमा सञ्चालन हुने उक्त कार्यक्रममा पर्वतारोहीलाई सम्मान, सरसफाई तथा सास्कृतिक कार्यक्रम, व्यापारिक मेला, साहसिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै बृतचित्र र तस्बीर प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा  बिभिन्न देशका ३ सय भन्दा बढि पर्यटन तथा बातावरण क्षेत्र सम्बद्ध व्यक्तित्वहरु सहभागि हुने आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार