Sunday, March 26, 2017  |    

लम्साल र थापा पर्यटन बोर्डको सद्भावना दुत नियुक्त

प्रकाशित मिति: 2016/11/17

मंसिर २, काठमाण्डौ । नेपाल पर्यटन बोर्डले टुृरिजम म्यान अफ दि इयर २०१६ बरिष्ठ पर्यटन व्यावसायी मोहन लम्साल र मिस टुरिजम २०१६ ओरुसा थापामगरलाई सद्भावना दुत नियुक्त गरेको छ ।
बिहिबार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सद्भावना दुत नियुक्तिको पत्र क्रमशः लम्साल र थापालाई प्रदान गरे ।
सद्भावना दुत नियुक्त भईसकेपछाडि दुबैजना नेपाल पर्यटन बोर्डले सञ्चालन गर्ने प्रवद्र्धनात्मक गतिबिधीमा सहभागि हुनेछन ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य राजेन्द्र सापकोटा र प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सद्भावना दुत नियुक्त भएपछि नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा अझ सशक्तताका साथ लागिपर्ने बिश्वास व्यक्त गर्नुभयो ।
लम्साल गन्तव्य नेपाल गु्रपले प्रदान गर्ने टुरिजम म्यान अफ दि ईयर २०१६ बाट सम्मानित भएका थिए भने थापा प्वाईन्ट मिडिया प्रालिले आयोजना गरेको मिस टुरिजम २०१६ को उपाधि जित्न सफल भएकी थिईन ।
सद्भावना दुत नियुक्त भएपछाडी लम्सालले आफु निरन्तर पर्यटन क्षेत्रको बिकास र प्रवद्र्धनमा लागिरहेको र बोर्डले प्रदान गरेको सद्भावना दुतले थप हौसला प्रदान गरेको बताए । त्यसैगरि थापाले मिस टुरिजम २०१६ भईसकेपछाडि पर्यटनका बिभिन्न गतिबिधीमा संलग्न रहँदै आएको र बोर्डले सद्भावना दुत नियुक्त गरेपश्चात थप जिम्मेवारी बोध भएको धारणा राखिन ।

 

तपाईंको बिचार