Thursday, November 23, 2017

तारुकामा गौरापार्वती समुदायिक हस्पिटलको भव्य उद्घाटन, स्थानिय हर्सित

प्रकाशित मिति: 2016/11/21

मंसिर ६, नुवाकोट । नुवाकोट तारुका वडा न १ चौतारागाँउमा गौरापार्वती सामुदायिक हस्पीटलको उद्घाटन गरिएको छ ।

सुरुवाती अवस्थामा ५ कोठा भवन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
करिब ६५ लाखको लागतमा निर्माण भएको उक्त भवनमा  स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लर सहितको १७ सदस्यीय टिमले दुई हप्तादेखि हस्पीटल निर्माणको लागि शारिरिक परिश्रम समेत गरेको थियो ।
उक्त भवन उद्घाटन समारोहमा सहरी बिकाश मन्त्री अर्जुननरसिंह केसीले हस्पीटललाई आगमि दिनहरुमा आवश्यक सहयोग गर्दै जाने बताउनुभयो ।
उहाँले यस्तो महान काम गर्नको लागि नेतृत्वदायी भुमिका खेल्नुभएका बरिष्ठ पर्यटन व्यावसायी मोहन लम्साल, गन्तब्य नेपालका अध्यक्ष शिव अधिकारी र स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लरको खुलेर प्रशंसा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सांसद जगदिश्वरनरसिंह केसीले गाँउगाँउमा यस्ता हस्पीटलहरुको आवश्यक्ता बढ्दै गईरहेको परिप्रेक्ष्यमा हस्पीटल निर्माण भएकोमा खुसी व्यक्त गर्दै हस्पीटललाई अगाडि बढाउनको लागि नेतृत्व गर्नुभएका त्रय मोहन लम्साल, शिव अधिकारी र बर्नहार्ट बुल्लरसँग समन्वय गरेर उहाँहरुलाई सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नुवाकोटका स्थानिय बिकास अधिकारीले हस्पीटल जनताको स्वास्थ्य सँग जोडिएकाले आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गौरापार्वती समुदायिक हस्पीटलका अध्यक्ष मोहन लम्सालले छोटो समयमै हस्पिटल निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा हस्पीटललाई सुबिधा सम्पन्न बनाउनको लागि आफ्नो अग्रसरता जारी रहने बताउनुभयो ।
उहाँले हस्पीटलको सेवा सुबिधालाई थप गर्दै लैजाने र केही बर्षको अन्तरालमा हस्पीटललाई ठुलो आकार प्रदान गर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष तथा गौरापार्वती समुदायिक हस्पिटलका बरिष्ठ उपाध्यक्ष शिव अधिकारीले आफ्नो हस्पिटल बनाउने महान अभिलासालाई छोटो समयमै निर्माण गर्नको लागि संयोजनकारी भुमिका खेल्ने बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्साललाई तारुकाबासीको तर्फबाट बिशेष धन्यबाद प्रकट गर्नुभयो ।
उहाँले स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लरको निरन्तर सहयोग तारुकामा रहनेमा आफु आशाबादी रहेको समेत बताउनुभयो ।
कार्यक्रममा हेल्पिङ हेण्ड कम्युनिटी हस्पीटलका कार्यकारी अध्यक्ष मुक्तबहादुर श्रेष्ठले हस्पीटल सञ्चालनको लागि स्थानिय जनसहभागिता आवश्यक रहेको बताउँदै आफुले भरपुर रुपमा हस्पीटललाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तारुका लगायतका क्षेत्रका स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

 

तपाईंको बिचार