Saturday, April 29, 2017  |    

नाटोजको पर्यटन जगाउने कार्यक्रम मंसिर ९ गते, उपराष्ट्रपति कार्यलयमा बिशेष कार्यक्रम

प्रकाशित मिति: 2016/11/21

मंसिर ६, काठमाण्डौ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले यही मंसिर ९ गते बिहिबार कान्तिपथस्थीत उपराष्ट्रपतिको कार्यलयमा बिशेष कार्यक्रम गर्ने भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आथित्यतामा हुन गईरहेको सो कार्यक्रममा भुकम्पपछि पुननिर्माणको अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने केही पर्यटन व्यावसायी तथा पर्यटन पत्रकारितामा अहोरात्र खटिरहने २ जना पत्रकारलाई धनरासीसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रको सकारात्मक सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिनको लागि उक्त कार्यक्रम गर्न लागिरहेको बताउँदै आशातित रुपमा पर्यटन क्षेत्र मौलाउन नसकेको परिस्थीतिमा यो कार्यक्रमले पर्यटन क्षेत्रलाई थप उर्जा दिने  बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रलाई केन्द्रिय स्तरबाट अव उठान गर्ने बेला आएको भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धीत सबै व्यक्ति तथा संस्थाले पर्यटनलाई उँचो बनाउन लागिपर्नु पर्ने बताउनुभयो ।

 

तपाईंको बिचार