Thursday, April 27, 2017  |    

‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ प्रतियोगिता हुने

प्रकाशित मिति: 2016/11/21

काठमाडौँ, ६ मङ्सिर । नेपाल एशोसिएसन अफ ¥याफ्टीङ्ग एजेन्सीज (नारा) ले १५ औँ ‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मङ्सिर १३ देखि १५ सम्म पोखरा (कास्की) को उपल्लो सेती नदीमा प्रतियोगिता सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विगतका वर्षझै यस वर्ष पनि महिला र पुरुष गरि तीन विधा क्रमशः Exterm lSalum, Boater Cross, Down River Rest मा खेल सञ्चालन गरिनेछ । पल्लो सेतीको पाँच किलोमिटर दुरीमा हुने प्रतियोगितामा अनुमानित १५० स्वदेशी तथा विदेशीको सहभागीता हुने नाराका महासचिव शेखरबहादुर थापाले बताउनुभो । उहाँका अनुसार प्रतियोगीमध्ये ५० प्रतिशत बढी विदेशी रहने । ख्यातिप्राप्त स्वदेशी तथा विदेशी प्रशिक्षकले खेल सञ्चालन गर्नेछन् । प्रतियोगितामा प्रथमलाई ५००, दित्तीयलाई ३०० र तृत्तीयलाई २०० अमेरिकी डलर पुरस्कार दिइनेछ, भने महिला प्रतियोगिलाई क्रमशः प्रथम ३०० दित्तीय २०० र तृत्तीय १०० अमेरिकी डलर प्रदान गरिने आयोजकले जनाएको छ । विगतमा त्रिशुली र भोटेकोशी नदीमा गरिदै आएको प्रतियोगिता पो पटक मुलुककै दोस्रो प्रमुख पर्यटकीय क्षेत्र पोखरा आसपासमा गर्न लागिएको र यसले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका साथै घुमफिर वर्षलाई पनि सहयोग पुग्ने नाराको दावी छ । प्रतियोगितामा विभिन्न सामाजिक संस्थाको सहकार्यमा प्राथमिक उपचार, प्राविधिक तथा अन्य आवश्यक सहयोग रहने बताइएको छ । यो प्रतियोगिता सन् १९९० देखि गरिदै आएको र सन् २००२ देखि नाराले मूख्य आयोजकको रुपमा सञ्चालन गर्दै आइरहेको छ । विगतका वर्षझै यसवर्ष पनि प्रतियोगिताको मूख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

तपाईंको बिचार