Friday, June 23, 2017  |    

आर्थिक उन्नतीका लागि पर्यटन प्रर्वद्धनमा जोड :उपराष्ट्रपति पुन

प्रकाशित मिति: 2016/11/24

मंसिर ९, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले देश बिकाशमा पर्यटन क्षेत्र नै प्रमुख प्राथमिकताको क्षेत्र भएको वताएका छन । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले विहिवार उपराष्ट्रपति कार्यालयमा गरेको कार्यक्रममा पुनले पर्यटन क्षेत्रको विकासमा लाग्न सरोकारवाला सवैमा अनुरोध गरे ।
पुनले हिजोका कालखण्डमा माओवादी युद्धका समयमा समेत आँफुले नेपालका धेरै गाउँहरुको अवलोकन गरेको स्मरण गर्दै गाँउ पर्यटनलाई माथि उकास्ने गरी पर्यटन लक्षित कार्यक्रम निर्माणमा सरकारलाई समेत झक्झकाउने र पर्यटन व्यवसायीहरुलाई सदैब प्रोत्साहन गर्ने बताए ।
विशेषतः भुकम्पपछि शिथिल बनेको पर्यटन क्षेत्रलाई माथि उकास्ने तथा यसका सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वक्ताहरुले देशको प्राकृतिक सुन्दरतालाई उजागर गर्नको लागि राज्यले बिशेष निती तर्जुमा गरी त्यसलाई समायानुकुल कार्यन्वयनमा जोड दिए ।
कार्यक्रममा पर्यटन बिभागका महानिर्देशक जयनारायण आचार्यले राज्यले पर्यटनलाई प्राथमिकता दिएको भनेर चर्चा गरेपनि त्यो आशातित नभएकाले गाउँ पर्यटनलाई उजागर गर्ने गरी ठोस कार्यक्रम निर्माण हुनुपर्नेमा जोड दिए । त्यस्तै नेकपा एमालेका पर्यटन बिभाग प्रमुख सुर्य थापाले उपराष्ट्रपति जस्तो संस्था पनि मुलुकको पर्यटन क्षेत्र जस्तो रचानात्मक काममा लाग्नु प्रशंसनिय काम रहेको बताए । उनले गुरिल्ला ट्रेकको बिकाशमा राज्यले केही लगानी गरिसकेकाले त्यसलाई बिशेष ढंगले अघि बढाउनुपर्ने बताए ।
गाँउ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) का अध्यक्ष राम सापकोटा (कमल) ले नेपालका हरेक गाउँमा पर्यटनका संभावना भएकाले त्यसको प्रतिफल सबैले प्राप्त गर्र्नुपर्ने  बताए । कार्यक्रममा नाटोजका अध्यक्ष शिव अधिकारीले नाटोज देशैभरीका पर्यटन पत्रकारहरुको छाता संस्था भएको र पर्यटन क्षेत्रमा आशातित विकास र प्रवद्र्धन नभएकोले विश्वभर नेपालको पर्यटनको सकारात्मक सन्देश प्रवाहित गर्न उपराष्ट्रपतिको मा कार्यक्रम गरिएको वताए ।

कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी तथा मकालु एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक मोहन लम्साल, स्नोहि होराईजन ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक बोधराज भण्डारी, हिमाल स्पेसियलराईजेसनका प्रबन्ध निर्देशक निर्धोज लामा, नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष बिष्ट, एक्सपिडिसन हिमालयका प्रबन्ध निर्देशक दागिली शेर्पा, स्वीस नागरिक बर्नहार्ट बुल्लर,ईन्काउन्टर्स नेपालका प्रबन्ध निर्देशक ऋषि प्रसाद नेपाल, एबल नेपाल ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक ठाकुर प्रसाद ढुंगाना, रोसा ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक सागर बिष्ट, बज्र टुर्स प्रालिका प्रबन्ध निर्देशक धिरज बज्राचार्य, द गोेल्डेन आईज रेष्टुरेण्टका प्रबन्ध निर्देशक रघु चौधरीलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै पर्यटन पत्रकारितामा बिशेष योगदान पु¥याउने नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु सिलवाल र द राईजिङ नेपालका नायब कार्यकारी सम्पादक नारायण उपाध्यायलाई नगद दश–दश हजार रासी सहित नाटोज पत्रकारिता पुरस्कारबाट बिशेष सम्मान गरियो ।

तपाईंको बिचार