Monday, August 21, 2017  |    

१४ औ हस्तकला व्यापार मेला सुरु

प्रकाशित मिति: 2016/11/25
काठमाडौं, १० मंसिर । १४ औ हस्तकला व्यापार मेला तथा १२ औ हस्तकला प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । हस्तकला सामाग्रीको प्रवद्र्धन गर्ने उद्धेश्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले आयोजना गरेको मेलाको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । कार्यक्रम उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन हस्तकला सामाग्रीको ठुलो भूमिका रहेको भन्दै यसको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए । त्यस्तै महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको आर्थिक विकास, गरिबि निवारण र बेरोजगारी अन्तका लागि हस्तकला क्षेत्रको ठुलो भूमिका रहेको बताए । उनले हस्तकला सामाग्रीको प्रवद्र्धनमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए । मेलामा ७ प्याभिलियन सहित १७६ स्टल रहेको छ । मेलामा देशैभरका ४० जिल्लाका हस्तकला व्यवसायीको सहभागिता रहेको छ भने अन्तर्राष्ट्रिय स्तरबाट बंगलादेश, पाकिस्तान, चीन, भुटान लागयतका मुलुकका आयातकर्ता पनि सहभागि छन । सहभागिहरुले नेपालको हस्तकला सामाग्रीको प्रवद्र्धन र बिक्रीका लागि समेत मेला महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् । मेलामा पश्मिना, कार्पेट, गलैँचा, हाते कागजजन्य सामान, ऊनीका सामान र धातुजन्य वस्तु राखिएको छ । यस्तै अल्लोका सामग्री, चाँदीका सामान, ढुंगाका मूर्ति, सेरामिक्स, छालाजन्य वस्तु र हातबाट बनेका सामान पनि राखिएको आयोजकले जनाएको छ । त्यस्तै यस पटक देखि अमूर्त सांस्कृतिक सम्पदाको प्रर्दशनी समेत सुरु गरिएको छ । हस्तकलाका समाग्रीहरुको खरिद तथा अवलोकनका लागि स्वदेशी तथा विदेशीहरुको भिड लागेको छ । उक्त मेला मंसिर १४ गते सम्म चल्ने छ ।

तपाईंको बिचार