Thursday, June 29, 2017  |    

टानले साधारणसभा ढिलाई गरेको भन्दै व्यावसायीहरु आक्रोशित

प्रकाशित मिति: 2016/11/27

मंसिर १२, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)ले समयमै साधारणसभा नगरेको प्रति टान सदस्यहरु आक्रोशित भएका छन ।

सामान्यतया टानले आर्थिक बर्ष सकिएको २ महिनाभित्र साधारणसभा गर्ने बिधानतः प्रावधान छ ।
टानका पूर्वसचिव पासाङ शेर्पा, पूर्वसदस्य राजेन्द्र सापकोटा (मोजाईक ट्रेक्स), युवा पर्यटन व्यावसायी छेटुप तामाङले गन्तव्य नेपालसँग सयुक्त कुराकानी गर्दै टान गैरकानुनी र अपारदर्शी किसिमले चलेको प्रति आक्रोश व्यक्त गर्नुभयो । कुराकानीमा पर्यटन व्यावसायी छेटुप तामाङले साधारणसभा बिधानबमोजिम नगर्ने र लापरबाही तवरले टानलाई चलाएको तथा साधारणसभा हुने नहुने सम्बन्धमा सदस्य कम्पनीलाई बेखबर राखेको भन्दै टानको यसकिसिमको रबैया रहिरहे छुट्टै भेला गर्ने पनि बताउनुभयो ।
टानमा आवद्ध करिब १२ सय कम्पनीलाई गुमराहमा राखेर के गर्न खोजिरहेको छ, टानको नेतृत्वले । यो व्यावसायीको लागि अपमान हो, उहाँले भन्नुभयो ।
अबिलम्ब साधारणसभा नगरे फरक धारबाट व्यावसायीलाई सचेत गराईने पनि बताउनुभयो ।
त्यसैगरी टानका पूर्व अध्यक्ष दिपक महत, पर्यटन व्यावसायी गणेश सिंखडा, बोधराज भण्डारीले पनि टानले साधारणसभा ढिला गरेर असक्षमता देखाएको भन्दै अबिलम्ब साधारणसभा गर्न आग्रह गर्नुभयो ।
पर्यटन व्यावसायी बोधराज भण्डारीले समयमै साधारणसभा गर्न नसकेकोमा केही हदसम्म नेतृत्व असक्षम देखिएको भन्दै अबिलम्ब साधारणसभा गरेर व्यावसायीले जान्ने र बुझ्ने अधिकार हनन नगर्न आग्रह गर्नुभयो ।
पूर्व अध्यक्ष दिपक महतले टानको श्रोतलाई लापरबाही हिसाबले दुरुपयोग नगर्न र आन्तरीक स्रोत मजबुत बन्न नसकेको कारण टान दलदलमा फस्दै गएको बताउनुभयो ।
त्यसैगरी पर्यटन व्यावसायी गणेश सिंखडाले यो साधारणसभा ढिलाईले बर्तमान टान नेतृत्वप्रति व्यावसायीको बिश्वास नरहेको बताउनुभयो ।
अबिलम्ब साधारणसभा नगरे व्यावसायीलाई सचेत गराईने पनि बताउनुभयो । 
यस सम्बन्धमा टान अध्यक्ष चन्द्र रिजालले यो निर्वाचन गर्ने साधारणसभा नभएको र विगतको कार्यसमितीको पुर्ण लेखापरिक्षण नभएकोले साधारणसभामा ढिला भएको बताउनुभयो ।।
उहाँले डिसेम्बर २३ मा साधारणसभा गरिनको लागि जिल्ला प्रसासन कार्यलयबाट स्वीकृती लिईसकेको समेत बताउनुभयो ।

 

तपाईंको बिचार