Monday, July 24, 2017  |    

ठमेलमा ढल फुटेपछि दुर्गन्धित, सरोकारवाला मुखदर्शक

प्रकाशित मिति: 2016/11/27

मंसिर १२, काठमाण्डौ । नेपालकै पर्यटकीय केन्द्र ठमेलमा पटकपटक ढल फुट्ने समस्याको दिर्घकालिन समाधान नखोजिएको भन्दै व्यावसायीहरु आक्रोशित भएका छन ।

देशको पर्यटनको मुख्य केन्द्रबिन्दु भएपनि गत बिहिबार देखी ठमेल क्षेत्र स्थीत काठमाण्डौ गेष्टहाउस देखि सातघुम्ती बिचको २ सय मिटर क्षेत्रमा ढल फुट्दा उत्पन्न दुर्गन्धले नेपाल भ्रमणमा आएका पर्यटकहरुले समेत नाक छोप्नुपर्ने स्थीती सिर्जना भएको छ।
पर्यटन प्रवद्र्धनका चर्का भाषण गरेर नथाक्ने सरकार र सम्बद्ध व्यावसायिक संगठनहरुको रबैया बर्षौदेखिको ढलसमस्याले नै पुष्टि हुने स्थानिय पर्यटन व्यावसायी तथा होललज होटलका प्रबन्ध निर्देशक मधुकर बस्नेतले बताउनुभयो । बर्षौदेखी ढल फुट्ने समस्या दोहोरिरहने गरेपनि नगरपालिका तथा पर्यटन सम्बद्ध संघसंस्थाले चासो नदिएको भन्दै व्यावसायीको पिरमर्का नबुझ्ने सम्बद्ध पक्षले पर्यटन प्रवद्र्धनको चर्को भाषण मात्रै गरेको भन्दै व्यावसायीहरुले आपत्ति जनाएका छन ।

तपाईंको बिचार