Friday, August 18, 2017  |    

गुरुङ संस्कृतिलाई जोगाउँदै सामाजिक उत्तरदायित्वमा केन्द्रीत छु :कमला गुरुङ

प्रकाशित मिति: 2016/11/28
कमला गुरुङ, अध्यक्ष –गुरुङ पर्यटन व्यावसायी संघ
कमला गुरुङ, अध्यक्ष –गुरुङ पर्यटन व्यावसायी संघ

मंसिर १३, काठमाण्डौ । गुरुङ पर्यटन व्यावसायी संघ समग्र गुरुङ समुदायको छाता संगठनको रुपमा रहेको छ ।  जसको अध्यक्ष हुनुहुन्छ, कमला गुरुङ । जो बिगत लामो समयदेखी पर्यटन क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।
तिनमहिना अघि साधारणसभा मार्फत अध्यक्षमा निर्वाचीत भएयता उहाँले पर्यटनसँग सम्बन्धीत गुरुङ व्यावसायीहरुको हकहितका लागी निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।
सन १९७१ मा हङकङमा जन्मनुभएकी गुरुङ बिगत लामो समयदेखी पर्यटनसँग सम्बन्धीत व्यावसायमा सक्रिय रहँदै आउनुभएको छ । पुतलीसडकमा ट्रेकिङसँग सम्बन्धीत ट्राभल लाईट प्रालि नामक संस्थाको प्रबन्ध निर्देशक समेत रहनुभएकी गुरुङ बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहँदै आउनुभएको छ ।
संघले पर्यटन प्रवद्र्धमा खेलेको भुमिका र आगामी योजनाका बिषयमा केन्द्रित रहेर छलफल गर्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, गुरुङ पर्यटन व्यावसायी संघका अध्यक्ष कमला गुरुङसँग गरिएको अन्तर्वार्ताको संपादित अंश ।

 

१. गुरुङ पर्यटन व्यावसायी संघले के गरिरहेको छ ?

गुरुङ पर्यटन व्यावसायी संघ पर्यटनमा सक्रिय गुरुङ समुदायको हकहितका लागि सक्रिय रहँदै आएको संस्था हो ।
यद्यपी यसले गैह् गुरुङ समुदायलाई समेत बिपत्तीका बेला सहयोग पुर्याउँदै आएको छ । यसका साथै बिभिन्न सामाजिक कार्यमा समेत हामी अग्रसर हुँदै आएका छौ । संगठनमा बसेर गुरुङ समुदायको हकहित रक्षा तथा कला संस्कृति प्रवद्र्धनका साथै पर्यटनसँग सम्बन्धीत मजदुरहरुलाई आईपरेका स्वास्थ्य समस्या समाधानमा समेत हामी सक्रिय भएर कार्य गरिरहेका छौ । यसका साथै गतबर्ष भुकम्पबाट प्रभाबित रसुवा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका क्षेत्रमा राहतका कार्यक्रममा समेत हामीले सक्रिय सहभागिता जनाएका थियौ । यस अर्थमा पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व सहितको गुरुङ व्यावसायीहरुको संघको रुपमा हामी अगाडि बढिरहेको स्थीति हो ।

२. गुरुङ पर्यटनमा अध्यक्ष निर्वाचित भईसके पछाडि तपाई आफैले चै के गर्नुभयो ?

अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेको लामो समय भएको छैन । यद्यपी सुरुका दिनदेखी नै सामाजिक कार्यहरुमा सक्रिय भएर लागिरहेको छु । भर्खरैमात्र तातोपानी क्षेत्रमा बाढिपिडितहरुलाई राहत बितरण सम्पन्न गर्यौ, जसमा गुरुङ पर्यटन व्यावसायी साथीहरुको सक्रियतामा ३ लाख बढिको राहत बितरण गरिएको थियो । अर्को मेरै नेतृत्वमा नुवाकोटको सिक्रे र सिन्धुपाल्चोकको हाईबुङ क्षेत्रमा गुरुङ जातिको बिशेष पकेट क्षेत्र रहेकोमा ति क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि होमस्टे अवधारणा अघि सारेर प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाउने तयारी गरेको छु । गुरुङ संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा समेत सक्रिय रहँदै आएको छु ।

३. पर्यटन प्रवद्र्धनमा अन्य बिभिन्न संगसंगठन क्रियाशिल रहीसकेको स्थीतिमा गुरुङसँग सम्बन्धीत छुट्टै पर्यटन संघको औचित्य चै किन ?

पक्कै पनि अन्य पर्यटकीय संस्थाहरु नभएका होईनन , यद्यपी राम्रो उदेश्य र कार्यको लागि संघ निर्माण हुन्छ भने त्यसलाई नराम्रो भन्न मिल्दैन । यद्यपी जहाँसम्म सतही रुपमा हेर्दा गुरुङसँग मात्र सम्बन्धीत संकिर्ण संस्था जस्तो देखिनु स्वभाविक हो । यद्यपी मैले यसअघि नै भने व्यवहारतः यसमा सदस्यहरु सबै गुरुङ समुदायको मात्र रहने भएपनि यसले गर्ने कार्यको प्रतिफल र  योगदान भने सबै पक्ष र क्षेत्रमा समान रुपमा बितरण गर्ने कोशिस गरेका छौ । गुरुङभित्रको सामाजिक एकतालाई बलियो बनाउँदै अन्य समुदायलाई परेका अप्ठेराहरुमा समेत हाम्रो सक्रिय साथ र सहयोग रहनेछ भन्ने हाम्रो बुझाई हो ।

४. गुरुङ पर्यटन व्यावसायी संघमा आवद्ध हुनुपर्ने कारण चै के ?

मुख्यत गुरुङ संस्कृति रक्षा र यसबिचको सामाजिक एकता निर्माणको बिषय नै प्रमुख बिषय हो । बिभिन्न छरिएर रहेका गुरुङहरुको रहनसहन र संस्कृतिलाई पर्यटन प्रवद्र्धनका रुपमा बिकास गर्नु नै यसको प्रमुख उदेश्य हो ।
५.  संघको आगामी कार्यदेश कस्तो छ ?
मुख्यतः गुरुङ संस्कृति प्रवद्र्धनमा नै हामी केन्द्रित हनेछौ । यसभन्दा अघि संघलाई कुलबहादुर गुरुङले नेतृत्व गर्नुभएको थियो, त्यसयता गुरुङ बाहुल्य क्षेत्रमा रहेका संस्कृतिहरुलाई पर्यटन प्रवद्र्धनका रुपमा अगाडि बढाउने क्रममा रहेका छौ । भर्खरैमात्र पनि सिन्धुपाल्चोक र नुवाकोटका गुरुङ बाहुल्य क्षेत्रमा होमस्टेको अवधारणालाई अगाडि बढाएका छौ । यसर्थ संस्कृति प्रवद्र्धन र नयाँ सम्भावनाको खोजीका बिच निरन्तर रुपमा सक्रिय रहनेछौ ।

 

तपाईंको बिचार