Wednesday, September 20, 2017

आज विहानको पराकम्पमा परी आमाडब्लम हिमालमा एक शेर्पाको मृत्यु

प्रकाशित मिति: 2016/11/28

मंसिर १३, काठमाडौं । सोमबार विहान गएको पराकम्पका कारण चट्टान खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ ।
रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो ।
सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको चट्टानले लागेर लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ । शेर्पासहितको टोली अमादब्लम हिमाल आरोहणका लागि गएको थियो र आधार शिविरमा बसेको थियो ।

घाइते ४५ वर्षका शेर्पालाई उद्धार गरी हेलिकोप्टरमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रजिअ पाण्डेले जानकारी दिए ।
आरोहण टोलीमा कति जना थिए भन्ने खुलेको छैन । तर, उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । भूकम्पका कारण खसेको पहिरोले लुक्लामा दुई घरमा पुरिएका छन् ।

 

तपाईंको बिचार