Sunday, March 26, 2017  |    

विन्टर स्की फेस्टीबल २०१६ डिसेम्बर १८ देखी गोसाईगुण्डमा सुरु/सहभागि हुन सबैलाई आह्वान

प्रकाशित मिति: 2016/12/01

मंसिर १६, काठमाण्डौ । गोसाईकुण्डको सुर्यपिक क्षेत्रमा ‘विन्टर स्की फेस्टिभल २०१६ आयोजना हुने भएको छ ।

हिमालयन स्की ट्रेक प्रालिले आयोजना गर्ने उक्त कार्यक्रम यही डिसेम्बर १८ देखी २८ तारिकसम्म सञ्चालन हुनेछ ।
बिशेषगरी स्की खेल र नेपालमा यसको संभावनाबारे जानकारी दिने उदेश्यले निशुल्क रुपमा स्की ट्रेनिङ कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक हिमालयन स्की ट्रेक प्रालिका प्रभात अधिकारीले बताए ।
युरोप, अमेरिका, बेलायत लगायतका स्कीमा चासो राख्ने अन्तर्राष्ट्रिय खेल बिज्ञहरु, गाईड लगायतका १० जनाभन्दा बढि अन्तर्राष्ट्रिय स्की गाईडको उपस्थितीमा स्वदेशी ५० भन्दा बढि स्कीमा रुची राख्ने व्यक्तिहरु सहभागि हुने आयोजकले जनाएको छ ।
स्कीमा रुची राख्ने जोकोहीलाई उक्त खेलमा निशुल्क सहभागि गराईने र खाना बस्न भने खेलाडि आफैले व्यवस्था गर्नुपर्ने छ । जसमा काठमाण्डौबाट गोसाईकुण्ड सम्मको यात्रा, स्की खेलका लागि प्रयोग हुने सबै स्की गियर्स निशुल्क उपलब्ध गराईने र स्की ट्रेनिङको लागि पनि राम्रो अवसर हुने बताईएको छ । स्की ट्रेनिङकै लागि युरोप तथा अमेरिकाबाट प्रशिक्षकहरु समेत सहभागि हुदैछन ।
बिदेशी खेलाडीहरुले भने सोही अवधीमा प्रतियोगिताकै रुपमा समेत समावेश हुनेछन । यस अन्र्तगत केही बिदेशीहरु कम्पनीको फुल प्याकेजमा समेत सहभागि हुदैछन ।
नेपालीहरुका लागि भने स्की खेल र यसको संभावनाको बारेमा जानकारी गराउनु नै मुख्य उदेश्य भएको आयोजकले जनाएको छ ।
हिमालयनले विगत ५ बर्षदेखी लाङटाङ क्यानजिङ गुम्बा क्षेत्रमा स्की फेस्टीभलको आयोजना गर्दै  आईरहेको छ ।
नेपालमा पर्वतिय पर्यटनका रुपमा हाईकिङ, बिभिन्न रुटका ट्रेकिङ र माउन्टेनियरीङ प्रवद्र्धनका क्षेत्रमा चासो देखाईएपनि स्की खेलको प्रचुर संभावना हुँदाहुदै पर्यटन बिभागसँग सम्बन्धीत मन्त्रालय र सरकार तथा सरोकारवालाहरु नै अनबिज्ञ देखिएका छन ।
बिदेशमा २ हजार मिटरकै उचाईमा प्राप्त हुने हिउँ खेल स्की नेपालमा ८ हजार मिटर सम्मको उचाईमा खेल्न सकिने भएकाले पनि भौगोलिक कारणले नेपालको स्की खेल पर्यटकहरुमाझ अनुपम हुने आयोजकको दाबी छ ।
पर्यटन प्रवद्र्धनको हल्ला मात्र गरिरहने पर्यटन सम्बद्ध संघसंस्था र सरोकारवालाहरुलाई स्की खेलको बारेमा बुझाउन सकिए नेपालमा स्कीकै माध्यमबाट राम्रो आर्थिक उपार्जन गर्न सकिने आयोजक संस्थाका प्रभात अधिकारीले बताए ।
बिशेषतः साहसिक र हिमश्रंखलाको मनोरम दृश्यका बिच एड्भेन्चर अनुभुत गर्न चाहने थुप्रै बिदेशीको पहिलो रोजाईमा स्की पर्ने गरेको भएपनि सम्बन्धीत खेल संस्थाको अभावका कारण बिदेशी पर्यटकहरुले त्यक्तिकै फिर्ता हुनु परेको छ । अर्को तर्फ स्कीका माध्यमबाट हुने पर्वतिय हिमश्रृंखलाको प्रवद्र्धन र आर्थिक उपार्जन हुने मौका समेत खेर जाने गरेको छ ।
स्कीबारे हिमालय ट्रेकका अधिकारीले नेपालमा स्की खेलको सुरुवातले नेपाली पर्यटनलाई बिश्वमाझ चिनाउन नयाँ अध्यायको रुपमा सुरुवात भएको बताए ।
उनले हाईकिङ र माउन्टेनियरीङ मात्र नभई स्कीकै कारण पनि पर्यटन प्रवद्र्धन हुने भन्दै स्की खेललाई बिकास गर्न आफुहरु लागिपरीरहेको बताउँदै सरकार र पर्यटन सँग सम्बन्धीत सरोकारवाला तथा व्यावसायीहरु बिच सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।
हिमालयन ट्रेक नेपालमै स्की सिकाउने एकमात्र आधिकारीक संस्थाको रुपमा विगत ५ बर्षदेखी सञ्चालनरत रहेको छ ।

 

तपाईंको बिचार