Thursday, June 29, 2017  |    

मोफेटलाई नेपाल पर्यटन वोर्डको अन्तर्राष्ट्रिय सद्भावनादुत प्रदान

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाण्डौ । नेपाल पर्यटन वोर्डले आरोही तथा फिल्ममेकर जेरी मोफेटलाई अन्तर्राष्ट्रिय सद्भावनादुत नियुक्त गरेको छ । नेपाल पर्यटन वोर्डले एक कार्यक्रम गरि मोफेटलाई सद्भावनादुत नियुक्त गरेको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी तथा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले मोफेटलाई सद्भावनादुत नियुक्तिको पत्र प्रदान गरे ।

मोफेट विगत वत्तिस वर्षदेखि नेपालको पर्वतारोहण र कायाकिङमा संलग्न रहँदै आएका छन । उनको योगदानको कदर गर्दै नेपाल पर्यटन वोर्ड,ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) र नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्ट्स(नारा) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आगामी दिनमा पनि मोफेटले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी,पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे,नाराका अध्यक्ष चन्द्र दाहाल तथा टानका महासचिव कर्णवहादुर लामाले मोफेटले नेपालको पर्यटन क्षेत्रमा पु¥याएको योगदानको प्रशंशा गरेका थिए ।
सद्भावनादुत नियुक्त भएपश्चात मोफेटले आफ्नो वाँकी जीवनमा पनि नेपालको पर्यटन क्षेत्रको विकासका लागी आाँफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाईंको बिचार