Thursday, November 23, 2017

पाटा नेपाल च्याप्टरले धुलिखेलबाट हिमालयन ट्राभल मार्टको शुभारम्भ गर्ने

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाडौं । हिमालयन क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाललाई प्रवेशमार्गको रुपमा स्थापित गर्नको लागि शुभारम्भ पाटा नेपालले शुभारम्भ समारोह आयोजना गर्ने भएको छ ।
डिसेम्बर ४ गते आयोजना हुने उक्त कार्यक्रम काभ्रेको धुलिखेलस्थीत हिमालयन होराईजन होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
नेपाल टुरीजम बोर्डबाट बिहान ८ बजे धुलिखेल प्रस्थान गर्ने उक्त कार्यक्रममा यातायातको व्यावस्था गरिएको र सहभागी हुन पर्यटनसम्बद्ध पत्रकार, व्यावसायीहरुलाई आयोजकले आग्रह गरेको छ ।
कार्यक्रममा अथितीका रुपमा पाटाका अन्तर्राष्ट्रीय अध्यक्ष एन्ड्रयू जोन समेतको सहभागिता रहने पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनुभयो । उक्त कार्यक्रम औपचारिक रुपमा आगामी जुन १ देखी ४ तारिक २०१७ मा आयोजना हुदैछ ।

 

तपाईंको बिचार