Saturday, August 19, 2017  |    

नाटोज चन्द्रागिरी भेला (फोटोफिचर)

प्रकाशित मिति: 2016/12/06

मंसिर २२, काठमाडौं । काठमाडौंको थानकोटस्थित चन्द्रागिरी डाँडामा सञ्चालित केबुलकार र त्यस क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा प्रचार–प्रसार गर्ने उद्देश्यका साथ पर्यटन पत्रकारहरुले गत सोमबार स्थलगत अवलोकन भ्रमण गरेका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ५३ जना पर्यटन पत्रकारको सहभागिता रहेको  थियो । नाटोजले त्यस क्षेत्रको सबैभन्दा अग्लो स्थान चन्द्रागिरी डाँडाँ (२५५१ मिं)मा एक कार्यक्रमसमेत आयोजना ग¥यो । सो कार्यक्रममा बोल्दै ठमेल पर्यट परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटन प्रवद्र्धनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शीतलप्रसाद महत्तोले श्रमजीवि पत्रकारहरुको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन महासंघले कानुनी उपचारका लागि अलग्गै डेक्स स्थापना गरेको जानकारी दिनुभयो । पर्यटन व्यवसायी छुडुप तामाङले पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सकिएमा मात्र देशको पर्यटन विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

घुमफिर वर्षको राजधानीको निस्सासिँदो सन्दर्भमा कोलाहल बारेमा जानकारी दिलाउने उद्देश्यले अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई तीब्रता दिने नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

करिब १५ मिनेको केबुलकार सयरपछि पुगिने चन्द्रागिरी डाँडाँबाट राजधानी उपत्यका र उत्तरतर्फ लहरै हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो समय केबुलकार यात्रासँगै प्रकृतिसँग रम्ने स्वदेशी तथा विदेशी पर्यटकको बृद्धि भइरहेको छ ।

 

तपाईंको बिचार