Monday, October 23, 2017

भोली नाट्टाले गोल्डेन जुब्ली मनाउँदै

प्रकाशित मिति: 2016/12/08

मंसिर २३, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)ले आफ्नो ५० औ बर्षगाँठको अवशर पारेर एक बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
भोली शुक्रबार काठमाण्ठौ स्थीत होटल याक एण्ड एतीमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन दुई सत्रमा सञ्चालन हुने भएको छ ।
गोल्डेन जुब्लीमा हुने बिशेष सम्मेलनको पहिलो सत्र भोली बिहान ९ बजेबाट सुरु हुनेछ, जसको उद्घाटन पर्यटन मन्त्री जिबनबहादुर शाहीले गर्नु हुनेछ । यसका साथै बेलुकी सत्रको बिशेष कार्यक्रमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।
नेपालको पर्यटन उद्योग र यसका प्राथमिकता बिषयक बहश केन्द्रित हुने उक्त सम्मेलनमा युग सुहाउँदो पर्यटन निती र यसमाथी बिभिन्न कार्यपत्रसमेत प्रश्तुत गरिने टानका प्रथम उपाध्यक्ष तथा गोल्डेन जुब्ली आयोजक समितीका संयोजक सिएन पाण्डेले बताउनुभयो । नेपालको पर्यटन र अबको शताब्दीमा लिनुपर्ने नितीमाथीको बहश केन्द्रित हुने उक्त कार्यक्रममा प्रमुख बक्ताको रुपमा उफ्टाका अध्यक्ष सुनिल कुमार समेत सहभागी हुदैछन । संयोजक पाण्डेले कार्यक्रम अत्यन्तै भव्य र सभ्य हुने बताउँदै भुकम्पपछिको थिलथिलीएको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिनको लागि सम्मेलन ऐतिहासीक हुने बताउनुभयो । पर्यटनसँग सम्बन्ध राख्ने ४५ जनाभन्दा बढि बिदेशी नागरिक समेत सहभागि हुने उक्त कार्यक्रममा १ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार