Saturday, June 24, 2017  |    

नाट्टा नेतृत्वमा सिण्डीकेट लगाउने संसोधन प्रश्ताबप्रति सदस्यहरुको आपत्ति

प्रकाशित मिति: 2016/12/08

मंसिर २३, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)ले सदस्यहरुलाई नेतृत्वमा पुग्न बन्देज लगाउने गरी बिधान संसोधनको तयारी गरेको भन्दै सदस्यहरुले आपत्ति जनाएका छन । बिधान संसोधनका अन्य बुँदाहरुमा खास आपत्ति नभएपनि परिच्छेद ७ दफा २५ निर्वाचन महलको ‘क’ मा उल्लेखित निर्वाचनमा उमेद्धवार भन्ने शिर्षकको उपदफा २ मा बर्तमान कार्यसमितीले संसोधन गर्ने मनसायसहित संसोधनको ३ महले तयार गरि नाट्टाका आम सदस्यहरु समक्ष प्रेशित गरेको थियो ।

यसै सन्दर्भमा नाट्टा आम सदस्यहरुको  ध्यानाकर्षण भएको पाईएको छ । नाट्टाका सदस्यहरुको बिचमा यसबारेमा पटकपटक भेटघाट र छलफल समेत भईसकेको बुझिएको छ । छलफलको क्रममा माथि उल्लेखित परिच्छेद र दफा तथा उपदफाहरुमा हुन लागेको संसोधन नै उनीहरुको बिचको छलफलको प्रमुख बिषय बनेको पाईएको छ । यसै क्रममा प्रश्तावित संसोधन प्रश्ताबमा (पदाधिकारी सहकोषाध्यक्ष), कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष )मा उमेद्धवारी दिनको लागि कम्तीमा एक पटक कार्यसमिती सदस्य भएको व्यक्ति मात्रै योग्य हुनेछ । (अध्यक्ष पदको लागि उमेद्धवारी दिनको लागि एक पटक सदस्य एक पटक पदाधिकारी भएको व्यक्ति वा दुबै कार्यकाल पदाधिकारी भैसकेको व्यक्ति मात्र योग्य हुनेछ) भनि उल्लेख गरिएको छ । संसोधनको यही अंशलाई नै नाट्टा सदस्यहरुको असहमतिको आधार बिन्दु बनाईएको छ ।

गन्तव्य नेपाललाई प्राप्त स्रोतका अनुसार यस प्रकारले बिधान संसोधन भई निर्वाचन हुने अवस्थामा संघमा आवद्ध सदस्यहरुको संख्यालाई ध्यान दिदा लगभग ५ सयको हाराहारीमा सदस्य संख्या पुगीसकेको अवस्थामा  कार्यसमितीले प्रस्तुत गरेको व्यवस्थाले धेरै भन्दा धेरै सदस्यहरुलाई नेतृत्वको अवसरबाट रोक्न खोजेको, सिण्डीकेट लागु गरी केही व्यक्तिहरुलाई मात्र नेतृत्वको अवसर प्रदान गर्न खोजिएको देखिन्छ । यदि यसो हुन गयो भने नाट्टा सदस्य भएर नाट्टा भित्र हुने खुल्ला प्रतिस्पर्धाको अवसर प्राप्त नगरेका सदस्यहरुले नाट्टा परित्याग गरी नाट्टा जस्तै समानान्तर संघसंस्थाहरु प्रति आर्कशित हुदै जाने र सदस्य बिनाको नाट्टा बन्न सक्ने संभावना देखिन्छ ।

त्यति मात्रै होईन, संघसस्था दर्ता ऐन अन्र्तगत नाट्टा कार्यसमितीले संसोधन गर्न खोजेको आशय मेल नखाने देखिन्छ । कथंकदाचित कार्यसमितीले प्रश्तुत गरेको यो संसोधन प्रश्ताब पारित भएको खण्डमा पनि भोली नाट्टाको कुनै सदस्यले जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा आफुमाथि संघभित्र खुल्ला प्रतिस्पर्धामा भाग लिने अधिकार बाट बञ्चित खोजिएको भनि संसोधन बिद्यान बदर गर्न माग गरेको खण्डमा स्वभाविक रुपले जिल्ला प्रशासन कार्यालयद्धारा बदरभागि हुने देखिन्छ ।
सामाजिक न्यायको सिद्धान्त बिपरीत सदस्यहरुको अधिकार कुण्ठित गरी ल्याउन लागिएको संसोधनको प्रस्ताबलाई नाट्टा साधारणसभाको दिन (मंसिर २५)मा हुने ५० औ साधारणसभाको दिन नाट्टाका आम सदस्यहरुको बहुमतद्धारा परास्त हुने देखिन्छ ।

 

तपाईंको बिचार