Monday, July 24, 2017  |    

नाट्टाको बिद्यान संसोधन प्रश्ताबप्रति सर्वत्र बिरोध,सिण्डीकेट लाद्न खोजे कडा प्रतिबाद गर्ने

प्रकाशित मिति: 2016/12/09

मंसिर २३, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)ले सदस्यहरुलाई नेतृत्वमा पुग्न बन्देज लगाउने गरी बिधान संसोधनको तयारी गरेको भन्दै सदस्यहरुले तिब्र आपत्ति जनाएका छन ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै पर्यटन व्यावसायी तथा नाट्टा सदस्य मदन आचार्यले जबरजस्त रुपमा नाट्टाद्धारा प्रेसित संसोधन प्रश्ताब पास गर्न खोजे कडा प्रतिबाद गर्ने बताउँदै नाट्टाभित्र हैकमबाद र एकाधिकार प्रबृत्तिलाई प्रोत्साहन गर्नको लागि यो संसोधन ल्याईएको हुँदा आफुहरुलाई यो सैह्य नहुने बताउनुभयो ।
उहाँले यो बहशको बिषय होईन, भोलि हुने साधारणसभामा सिण्डीकेट संसोधन प्रश्ताव फिर्ता लिनुपर्छ भन्नुभयो ।
त्यसैगरी नाट्टा सदस्य मिहिका धाख्वाले नाट्टाभित्र गरिने स्वस्थ प्रतिष्पर्धालाई बन्देज गर्ने किसिमले नियोजित तरिकाले ल्याईएको संसोधन प्रश्ताब आफुहरुका लागि स्वीकार नहुने बताउनुभयो ।
उहाँले प्रतिष्पर्धालाई हटाउन खोजेर नाट्टाभित्रको लोकतान्त्रिक अभ्यासलाई अन्त्य गर्न खोजिएको भन्दै सिण्डीकेटलाई व्यावसायीले परास्त गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
त्यस्तै अर्का नाट्टा सदस्य राम घलेले अनैतिक र अव्यावहारिक रुपमा बिधान संसोधन गर्न खोजिएको भन्दै त्यो कुनै हालतमा पनि नाट्टा सदस्यको लागि स्वीकार नहुने बताउनुभयो । र त्यसको प्रतिवाद गर्नमा व्यावसायीहरु सक्षम रहेको पनि बताउनुभयो ।
त्यसैगरी अर्का नाट्टा सदस्य शुसिल पन्तले नाट्टाको निर्वाचन सम्बन्धी बिधान मिलाउनुपर्ने मिलाईसकेको भन्दै राजनितीक दाउपेच र नाट्टाभित्र रहेर पेन्सन पकाउने हिसावले यो सिण्डीकेट लाद्न खोजिएको भन्दै यसको समर्थनमा आफु र सम्पुर्ण नाट्टा सदस्य नरहने बताउनुभयो ।
उहाँले भोली हुने साधारणसभामा सिण्डीकेट संसोधन जबरर्जस्त लाद्न खोजे अबरोध र प्रतिकार गर्ने पनि चेतावनी दिनुभयो ।
यसैगरी युवा पर्यटन व्यावसायीद्धय राजेन्द्र सापकोटा र कुमार थापाले अलोकतान्त्रिक हिसाबले बिधान संसोधन गर्न खोजिएको भन्दै त्यो प्रश्तावित सिण्डीकेट बिधान संसोधन तुरुन्त फिर्ता लिन सुझाउनुभयो ।
आफुहरुले टानमा पनि यस्तै खालको सिण्डीकेट बिधान ल्याउदा बिरोध गरेको बताउदै यस्तो खालको व्यवसायीको हितबिपरीत अलोकतान्त्रिक रुपमा ल्याईएको सिण्डीकेट सबै मिलेर निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
नाट्टाका महासचिव भिम पन्तले गन्तव्य नेपालसँग कुराकानी गर्दै बिधान संसोधन कमिटिले ल्याएको संसोधन प्रश्ताब भोली हुने साधारणसभामा पेश हुने र पास हुने र नहुने सदस्यहरुले निर्णय गर्ने बताउनुभयो ।
कार्यसमितीको यो बिधान संसोधन गर्ने पुर्ण निर्णय हो, भन्ने हाम्रो जिज्ञासामा पन्तले केही बोल्न चाहनुभएन ।


संसोधनमा के छ ।

नाट्टा कार्यसमितीले प्रश्तावित संसोधन प्रश्ताबमा कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षमा उमेद्धवारी दिनको लागि कम्तीमा एक पटक कार्यसमिती सदस्य भएको व्यक्ति मात्रै योग्य हुने गरी प्रश्ताब पेस गरेको छ ।
यस्तै अध्यक्ष पदको लागि उमेद्धवारी दिनको लागि एक पटक सदस्य एक पटक पदाधिकारी भएको व्यक्ति वा दुबै कार्यकाल पदाधिकारी भैसकेको व्यक्ति मात्र योग्य हुनेछ भनि उल्लेख गरिएकोप्रति नाट्टा सदस्यहरुले असहमति जनाउँदै आएका छन ।
भोली २५ गते होटल याक एण्ड यतिमा हुने नाट्टाको साधारणसभाले संसोधन प्रश्ताबको अन्तिम टुंगो लगाउनेछ ।

 

तपाईंको बिचार