Wednesday, April 26, 2017  |    

नाट्टाको विद्यान संशोधन प्रस्ताव असफल, अध्यक्ष आफैले प्रस्ताव फिर्ता लिए

प्रकाशित मिति: 2016/12/10

काठमाडौं, २५ मंसिर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को निर्वाचन सम्बन्धि विद्यान संशोन प्रस्ताव असफल भएको छ । राजधानीको होटल याक एन्ड यतीमा सम्पन्न साधारण सभामा विद्यान संशोधनका लागि अध्यक्ष मधुसुदन आचार्यले संशोधनको विद्याहरु सभामा प्रस्तुत गरे लगतै सदस्यहरु बीच चर्को बिबाद भएपछि अध्यक्ष स्वयंमले उक्त प्रस्ताव फिर्ता लिएका थिए । 

स्रोतका अनुसार सदस्यहरु बीच उक्त विषयलाई लिएर झडपको स्थिती श्रृजना भएको थियो । अध्यक्षले प्रस्तुत गरेको विद्यान संशोधनको विषयलाई नाट्टा कार्र्यसमितिले पटक–पटक छलफलमा लैजाने कोसिस गरेपनि केही सिमित व्यक्तिको स्वार्थका लागि सदस्यहरुलाई नेतृत्वमा पुग्न बन्देज लगाउने नियतले प्रस्ताव ल्याएको भन्दै अधिकांश सदस्यहरुले उक्त विषयमा लगातार विरोध जनाएका थिए ।

नाट्टाको इतिहासमै सदस्यहरुले विद्यान संशोधनको प्रस्ताव फेल गराएको यो पहिलो घटना हो । साधारण सभा संख्या नपुगेपछि केही समय स्थगित गरेर साधारण सभा सुरु गरिएको थियो । साधारण सभामा प्रस्तुत गरिएको संसोधन प्रस्तावमा पदाधिकारी , सहकोषाध्यक्ष, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षमा उमेद्धवारी दिनको लागि कम्तीमा एक पटक कार्यसमिती सदस्य भएको व्यक्ति मात्रै योग्य हुने ।

त्यस्तै अध्यक्ष पदको लागि उमेद्धवारी दिनको लागि एक पटक सदस्य एक पटक पदाधिकारी भएको व्यक्ति वा दुबै कार्यकाल पदाधिकारी भईसकेको व्यक्ति मात्र योग्य हुनेछ प्रावधान राखिएको थियो ।

 

तपाईंको बिचार