Saturday, April 29, 2017  |    

व्यक्तित्व निर्खान मन छ ? त्यसो भए ईमेज आईकन जानुस

प्रकाशित मिति: 2016/12/12

मंसिर २७, काठमाण्डौ । समाज परिवर्तनशिल छ, यससँगसँगै जिबनशैली पनि फेरीएको छ । विवाह, पार्टी, सेमिनार वा अन्य सार्वजनिक समारोहमा उपस्थित हुदै हुनुहुन्छ, भने अरु भन्दा भिन्न व्यक्तित्वले सबैलाई प्रभाव पार्न सकिन्छ । व्यक्तित्व निखारका लागि जोडिएर आउने मुख्य बिषय हो, तपाईले लगाउने पोसाक ।
कतिपय अवस्थामा पोसाक मंहगो लगाएपनि मिलाएर लगाउन नजान्दा त्यसले व्यक्तित्वमा नकारात्मक प्रभाव पनि पारेको देखिन्छ । यस्तोमा फर्मल सुटले धेरैअर्थमा सजिलो र आत्मविश्वास बढाउन बिशेष भुमिका खेल्दछ । सामान्यतया राम्रो देखिनको लागि महंगो लगाउनैपर्छ भन्ने होईन, यद्यपी आफ्नो शारिरीक अवस्थाको बनावटसँग मिल्ने गरी पहिरनको छनौट गर्नु जरुरी छ ।
हिजोआज सर्टिङ सुटिङका नाममा बिभिन्न टेलरिङ सेन्टरहरु भित्रीएपनि गुणस्तरीयता भने कमैले मात्र कायम गर्ने गरेका छन ।
यस्तोमा सर्टिङ सुटिङको भरपर्दो माध्यमको रुपमा ‘ईमेज आईकन सर्टिङ एण्ड सुटिङ’ ग्राहकको पहिलो रोजाईको रुपमा देखिएको छ ।
जमल नाचघरको दोस्रो तल्लामा अवस्थीत उक्त सर्टिङ एण्ड सुटिङ नेपाली जुत्ताघरसँगै जोडिएर रहेको छ ।
६५० स्क्वार्यर फिटको फराकिलो कोठामा बिश्वबिख्यात रेबन, बिएचएम, रेडन टेलर र बिमल ब्राण्डका स्पेशल सुटका ब्राण्डले पनि ईमेजको बास्तबमै चमक थपिएको छ ।
लहरै बसेका दक्ष कालिगढ, ग्राहकको चाहनाबमोजिमका सुटको सम्पुर्ण प्रबन्धका साथै क्वालीटी मेन्टेनमा बिशेष ध्यान दिदै ग्राहकको रुची र क्षमता अनुसारका सुटको प्रबन्ध भएकाले पनि ईमेज आईकन प्रति ग्राहकहरुको बिशेष रुची देखिएको सञ्चालक राम बलिदास बताउँछन ।
व्यस्त जिबनशैलीका बिच चाहना भएर पनि समय नहुनेहरुका लागि काठमाण्डौको मुटु जमलमै अवस्थीत उक्त सुटिङ धेरैको रोजाई बनेको छ । यथेष्ठ पार्किङ र गुणस्तरीतामा ध्यान दिदै व्यक्तित्वमा चमक ल्याउनु नै ईमेजको बिशेषता हो । समय नहुनेहरुका लागि जुनसुकै बेला जुनसुकै स्थानमा डेलीभरीको सुबिधासहित स्थापना भएको यस सुटिङ सेन्टरमा समाजका सामान्य देखी उच्च बर्ग यसका ग्राहक छन ।
बैङ्क तथा बित्तिय क्षेत्रका कर्मचारी देखी, एनजिओ आईएनजियोका प्रमुखहरुको समेत बिशेष रोजाईमा इमेज आईकनले आफ्नो सेवा प्रदान गरिरहेको छ ।
सञ्चालक बलिदास भन्छन, पर्यटन क्षेत्रमा समेत संलग्न भएका कारणले हुनसक्छ, ठमेल क्षेत्रका अधिकांश व्यावसायीको पहिलो रोजाईमा ईमेज आईकन पर्ने गरेको छ ।’
लामो समय ठमेलमा ट्रेकिङ क्षेत्रमा बिताएपछि युरोप प्रश्थान गरेपनि नेपालमै केही गर्नुपर्छ भनेर फर्केको र अहिले आफ्नो व्यावसायले सर्टिङ सुटिङको क्षेत्रमा ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएकामा बलिदास दंग देखिए ।
ईमेज आईकनमै किन आउने भन्ने जिज्ञासामा बलिदासले, ग्राहकहरुको क्षमता अनुसारका उच्चस्तरीय ब्राण्ड र अहिलेसम्म आफुले बितरण गरेका सुटमा कुनै पनि कमीकमजोरी नभएको र ग्राहक सन्तुष्ट भएर फर्केको बताए ।
उनी भन्छन, कतिपय ग्राहक सुट सिलाउने क्रममा अलमलमा पर्ने गरेको भन्दै आफुहरुले  ग्राहकको व्यक्तित्व हेरेर शरिर सुहाउँदो डिजाईनको बारेमा समेत परामर्श दिने गरेको सुनाए ।
पढेलेखेका दक्ष कालीगढ र ग्राहकको सन्तुष्टी नै आफुहरुको आईकन भन्दै उनले पछिल्लो समय कालाकारीता क्षेत्रका व्यक्तिहरु समेत आफ्नो सुटिङ सेन्टरमा आउनुलाई उनले सफलताका रुपमा अथ्र्याए ।
उच्च गुणस्तरको थ्रि पिस सुटको लागि न्यूनतम १७ देखी १८ हजार र नर्मल सुटमा टु पिसको १३ देखी १४ हजारमा तयार हुने समेत उनले बताए । भन्छन, सरकारी भवन भएकाले भाडा त्यति मंहगो छैन, त्यसैले ग्राहकहरुको सन्तुष्टीलाई ध्यान दिएका छौ ।
प्रत्येक दिन बिहान साँढे ९ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने सुटिङ सेन्टर शनिबार भने १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुदै आईरहेको छ ।
ग्राहकहरुको बढ्दो लोकप्रियताका बिच ईमेज आईकनले आफ्नो आईकन ग्राहकको सन्तुष्टीमा बदल्न सकेकामा सन्तुष्ट छु, उनले भने ।

 

तपाईंको बिचार