Thursday, May 25, 2017  |    

समयको बेगमा बिचलीत नभई अगाडि बढिरहने शिक्षा पाएँ :हरिभक्त श्रेष्ठ

प्रकाशित मिति: 2016/12/13

मंसिर २८, काठमाण्डौ । आउँदो जनवरीबाट सुचारु हुन्छ हजुर, हँसिलो र निकै आत्मबिश्वासी मुद्रामा ठमेलमा भेटिएका एक व्यक्ति यसो भन्दै थिए ।

उनको मुहार हेर्दा लाग्दैन, बितेको पलप्रति उनमा कुनै पश्चाताप या ग्लानी छ । ६ तल्लाको पुरानै स्वरुपमा पर्काउने योजना छ हजुर, साँच्चिकै उनले भनेबमोजिम निर्माण सम्पन्नको चरणमा रहेको एक होटेलको भलाकुसारी ।
शनिबारको दिन, सार्वजनिक बिदा नै सही । यद्यपी निजी क्षेत्रको व्यावसायमा यसको खास प्रयोग हुदैन । मनमर्जी बिदा वा खुल्ला राख्ने अधिकार आफैमा निहित भएपनि ग्राहक र प्रतिष्पर्धी व्यावसायीसँग सामना गर्न तयार हुँदै गर्दा पोहोर साल सपना टुटेको थियो, अहिले जोड्ने क्रममा छु, उनले भने ।
ठमेलको व्यस्त बजारको बिचबाट गहिटी मार्गमा अवस्थीत अमृत क्याम्पसको ठिक पछाडी निर्माणको अन्तिम चरणमा पुगेको ‘होटल बजेट एण्ड रेष्टुरेण्ट’ का सञ्चालक हरीभक्त श्रेष्ठसँगको संबाद हो यो ।
पोहोर साल बैशाख १२ गते शनिबारको भुकम्पले उनको ६ तल्ले होटल हेर्दाहेर्दै आँखैअगाडि ध्वस्त बनाईदियो । शनिबारको दिन भएपनि सँगै रहेको ‘होलिल्याण्ड एड्भेन्चर ट्राभल एण्ड टुर्स’मा खै केके जाति काममा व्यस्त थिएँ । उनी सम्झन्छन ।
हत्तपत्त बाहिर निस्कीएँ, साथीहरु पनि सुरक्षित हुने खोजी गर्दै थिए, आँखै आगाडी भुकम्पका कारण बडेमानको होटल हेर्दाहेर्दै कंक्रिटमा परिणत भयो, केही बिदेशी पाहुनाहरु हताहति समेत भए । सम्हालिन निकै गाह्रो भएको थियो, यद्यपी तुरुन्तै साथीहरु उद्धारमा खटिनुभयो, आफु भने भोलीपल्ट देखीनै प्राप्त सबै साधन श्रोत जुटाएर घाईते तथा हताहती भएका साथीहरुको खोजी र उद्धारमा लागेको उनमा सम्झना ताजै रहेछ ।
भन्छन, स्थानिय क्लब तथा प्रहरी प्रशासन देखि स्थानिय समाजसेवीहरुले समेत उद्धारमा सक्रिय सहभागिता जनाए ।
मकवानपुरको हेटौंडमा २०२९ सालमा सामान्य आर्थिक स्थीतिको परिवारमा जन्म भएको बताउने श्रेष्ठ सानैदेखि समृद्धिको सपना देख्थे रे । कक्षा ८ पढ्दै गर्दा चितवनको सौराहामा ट्रेकिङमा सानोतिनो काम गर्थेँ, पछि २०४७ ताका एसएलसी दिएपछि ठमेलमा वेटर, ट्राभल ट्रेकिङमा काम गर्दागर्दै संघर्षले नै सफलता देखायो, उनले फेहरिस्त लगाए ।
समय क्रम बित्दै जाँदा ‘होटल बजेट र सँगैको होलिल्याण्ड ट्रेकीङले ग्राहकहरुमा जुन छाप छोडेको थियो, अहिले पुनःनिर्माणको चरणमा रहँदा ग्राहक सेवामा समर्पित हुन नसकेको प्रति उनलाई नमिठो अनुभव रहेछ ।
त्यत्तिका ठुलो भुकम्पमा सँगैका अरु व्यावसायीको घर सकुशल हुँदा आफ्नो मात्र लड्यो भन्ने पिरले केही समय श्रेष्ठलाई नछोएको पनि होईन, यद्यपी अन्यत्र पनि भुकम्पको असर र सबै कुरा ठेकेदारको भरमा छोड्दा ठुलो क्षतिको सामना गर्नुपरेको उनको बुझाई छ ।
विपत्तीलाई रोक्न नसकेपनि उपलब्ध प्रबिधीको सबैखाले प्रयोगलाई आत्मसाथ गर्दै होटल निर्माण गरेको र साथीभाई तथा ग्राहकहरुको पुरानै सद्भाव प्राप्त होला भन्ने लागेको उनले बताए ।
समयको बेगसँगै जिबनको यर्थाथतालाई स्वीकार्नुको बिकल्प छैन, निकै आत्मविश्वासी शैलीमा उनले भने, ‘जिबन संघर्षले जिबनको सफलताको रुप देखायो, त्यै समयले दण्ड पनि दियो, समयले दिएको अवशर र सजायँ दुबैलाई आत्मसाथ गर्नु नै जिबन रैछ, भुकम्पले यही शिक्षा दियो हजुर, श्रेष्ठले भने ।

 

 

 

 

 

 

 

 

 

 

                              

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

                                                                                                                                   प्रश्तुती :शंकर गौली

तपाईंको बिचार