Thursday, April 27, 2017  |    

नाटोज पत्रकारिता कल्याण कोषबाट उपचारार्थ थपलियालार्ई सम्मानपूर्वक सहयोग गरिने

प्रकाशित मिति: 2016/12/13

मंसिर २८,काठमाडौं । विगत लामो समयदेखी मुखमा क्यान्सर भएर उपचार गर्दागर्दै दुबै मृगौलासमेत गुमाउन पुगेका पर्यटन पत्रकार तथा गोरखा पर्यटनका संस्थापक अध्यक्ष पुष्प थपलियालाई राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)ले उहाँको स्वास्थ्यलाभको कामनासहित सम्मानस्वरुप नाटोज कल्याणकारी कोषबाट नगद ४७ हजार प्रदान गरीने नाटोज केन्द्रिय अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।
बुधबार शिक्षण अस्पतालको आईसियूमा उपचारार्थ थपलियालाई हस्पीटल प्रांगणमै सहयोग हस्तन्तरण गरिने पनि नाटोज सचिवालयले जनाएको छ ।
अध्यक्ष अधिकारीले पर्यटन पत्रकारहरुलाई भैपरी आउने जुनसुकै समस्यालाई नाटोजले निराकरण गर्न विगतमा पनि साथ सहयोग गर्दै आएको र सोहीबमोजिम थपलीयाको उपचारमा सहयोग रकम प्रदान गर्न लागिएको बताउनुभयो ।
उहाँले पत्रकारका संस्थाको नाममा हल्ला गर्नेहरुलाई चुनौति दिदै व्यवहारिक पक्षलाई आत्मसाथ गर्नको लागि समेत सुझाउनुभयो ।
यो हाम्रो सानो सहयोग रहने भएपनि स्वास्थ्यलाभको सवालमा थपलियाको उपचारको लागि ठुलो अभियानको सुरुवात भएको छ, अधिकारीले भन्नुभयो ।
नाटोज कल्याणकारी कोषमा पर्यटन व्यावसायी ठाकुर ढुंगनाबाट १० हजार, मोहन लम्सालबाट ५ हजार, दिपक महतबाट ५ हजार, रामशरण थपलियाबाट ५ हजार, छेटुप तामाङबाट ५ हजार, बोधराज भण्डारीबाट ३ हजार, राम घलेबाट ३ हजार, हरीभक्त श्रेष्ठबाट ३ हजार, बलराम न्यौपानेबाट २ हजार, रमेश त्रिपाठी बाट २ हजार, मनोज श्रेष्ठ भँडेलबाट २ हजार र रामशरण कार्कीबाट २ हजार गरी कुल ४७ हजार कोषमा जम्मा भएको नाटोज सचिवालयले जनाएको छ ।
अध्यक्ष अधिकारीले राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)को पत्रकारिता कल्याणकारी कोषमा थपलियाको उपचारार्थ सहयोग गर्नुहुने सबैलाई हार्दिकतापुर्वक धन्यबाद ज्ञापन गर्दै उहाँको उपचारमा थप सहयोग गर्नको लागि सम्पुर्ण पर्यटकीय संघसंस्थालाई आह्वान समेत गर्नुभएको छ ।
थपलिया करीब ३ दशकदेखि पर्यटन पत्रकारितामा संलग्न हुनुहुन्छ ।

 

तपाईंको बिचार