Friday, August 18, 2017  |    

पाँचतारे होटल याक एन्ड यतीले तिरेन कर, बिजुली र खानेपानी काट्ने तयारी

प्रकाशित मिति: 2016/12/14

काठमाडौँ, २९ मंसिर । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ। 
 
अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको महानगरपालिकाले जानकारी गराएको छ। 
 
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६५ ९२० बमोजिम पहिलो चरणमा कामपाबाट उक्त होटललाई दिने सबै सेवा रोक्का गर्ने, दोस्रो चरणमा होटलको प्रशासन र लेखामा तालाबन्दी गर्दा पनि कर नतिरे तेस्रो चरणमा विद्युत् र खानेपानी सेवासमेत ठप्प पारिदिने महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धुब्र काफ्लेले बताए। उक्त होटलले करको विवरण बुझाइसकेको भए पनि विवरण  गलत रहेको कामपाको ठहर छ। 
 
काफ्लेका अनुसार याक एन्ड यतीले कर तिर्नुपर्ने समय २० वर्ष पुगिसकेको भए पनि दुई वर्षअघि रु १० लाख मात्र दिएको छ, त्यो त एक वर्षको पनि पुग्दैन। होटलबाट वार्षिक करिब रु १० लाखदेखि १२ लाखसम्म कर उठ्ने महानगरले जानकारी दिएको छ।

महानगरका अनुसार याक एन्ड यतीले संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गासमेत भाडामा लिएकाले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ। 
 
अन्य तारे होटल भने महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाल करमा कडाइ गरेसँगै करको दायरामा आएका छन्। काफ्लेका अनुसार आर्थिक वर्ष २०७२र७३ मा होटलले करिब रु ७ करोड बराबरको कर तिरेका छन्। 
 
काठमाडौँमा हाल १३ ओटा तारे होटल सञ्चालनमा छन्। यता अन्नपूर्ण, सोल्टी, द्वारिका होटल, र्‍याडिसन लगायतका अन्य होटलले भने कर तिरिसकेका छन्। २०५७ सालदेखि घरजग्गा कर असुल गर्न थालिएको हो।  

तपाईंको बिचार