Sunday, June 25, 2017  |    

वन अतिक्रमण गर्नेहरुलाई राजनीतिक दलहरुकै संरक्षण :मन्त्री भण्डारी

प्रकाशित मिति: 2016/12/16

पौष १, काठमाण्डौ । वन तथा भु–संरक्षण मन्त्री शंकर भण्डारीले वन अतिक्रमणमा लाग्नेहरुलाई राजनीतिक दलहरुको संरक्षण रहेको वताएका छन ।

प्वाईन्ट मिडिया प्रा.लि. द्धारा प्रकाशित अर्थ र व्यापार साप्ताहिकको पाँचौ वार्षिकोत्सव कार्यक्रममा वोल्दै मन्त्री भण्डारीले वोलिमा वनजंगल जोगाउनुपर्छ भन्ने तर व्यवहारमा वन अतिक्रमणमा लाग्नेहरुलाई नै संरक्षण गर्ने गरेकोले अव आफु वनजंगल जोगाउने सम्बन्धि संकल्प प्रस्ताव ल्याउने तयारी गरिरहेको वताए । मन्त्री भण्डारीले २०६२/६३ को जनआन्दोलन पछि तीन ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र एक ठाउँमा भएकै कारण आजका राजनीतिक उपलब्धिहरु प्राप्त भएकोले अव पनि संविधान संसोधनका लागी तीन ठूला दलहरु एक ठाउँमा आउनुपर्ने वताए ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले नेपाल समृद्ध हुनसक्ने एक प्रमुख आधार पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रको विकासका लागी एयर कनेक्टीभिटि वढाउनुपर्ने वताए । उनले कमसेकम पनि नेपाल वायुसेवा निगम संग पाँच वटा वोईङ हुनैपर्ने वताए । कार्यक्रममा टानका पूर्व अध्यक्ष दिपक महतले जनतामा आर्थिक विकासको अपेक्षा तीव्र भएपनि आज सम्म देश त्यतातिर उन्मुख नै हुन नसकेको वताए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरीङ शेर्पा ,युवा पर्यटन व्यवसायि राजन सिंखडा नाट्टाका पूर्व अध्यक्ष रामकाजी कोने लगायतले पर्यटन क्षेत्रका माध्यम वाट मुलुक समृद्ध बन्नसक्ने वताएका थिए ।
अर्थ र व्यापार साप्ताहिकका प्रबन्ध निर्देशक तथा सम्पादक नविन काफ्लेले कुनै न कुनै रुपमा मुलुक राजनीतिक एजेण्डामा मात्र केन्द्रित रहँदा आर्थिक एजेण्डाहरुले प्राथमिकता नै पाउन नसकेको वताए ।
कार्यक्रममा पर्यटन व्यवसायिहरु राजन सिंखडा, छेटुप तामाङ, सांगे लामा, शम्शेरजंग पराजुली, अर्जुन शर्मा पौडेल, शंकर अधिकारी,सुरेन्द्रभट्टराई, सुुवासचन्द्र बनेपाली सञ्जय पराजुली, राजेशचन्द्र रेग्मी लाई अर्थ र व्यापार अवार्ड प्रदान गरियो । त्यसैगरी राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे लाई दश हजार राशीसहितको अर्थ र व्यापार अवार्ड र अर्थ र व्यापारका सम्वाददाता भुपेन्द्र जि.सि.लाई अर्थ र व्यापार अवार्ड प्रदान गरियो ।

 
 

 

तपाईंको बिचार